९ असार २०८३, मंगलवार
,
Latest
चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएपछि प्रदेशसभा पुनः अवरुद्ध



अ+ अ-

जनकपुरधाम । सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा पुनः अवरुद्ध गरेका छन् । यसअघि भदौ २२ गतेको प्रदेशसभा बैठक पनि रकम निकासा नभएको भन्दै अवरुद्व गरेका थिए ।

योजना सम्पन्न भइसकेको लामो समय भइसक्दा पनि भुक्तानी नदिएको भन्दै उनीहरुले शुक्रबार दोस्रो पटक संसद अवरुद्ध गरेका हुन् । संसद अवरुद्ध गर्नेमा सत्तारुढ र विपक्षी दुबैथरी दल रहेका छन् । शुक्रबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक पनि सांसदहरुले सुरुमै अवरुद्ध गरे ।

सभामुख सरोजकुमार यादवले रकम निकासाबारे शुक्रबारको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि सांसदहरुले केहीबेर बैठक चल्न दिएका पनि सरकारले आजै जवाफ नदिएपछि सांसदहरुले पुनः बैठक अवरुद्व गरेका हुन् । बैैठक आगामी २९ गतेको लागि बोलाइएको छ ।