९ असार २०८३, मंगलवार
,
Latest
चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु नियन्त्रणका लागि भारतको विधि नेपालमा चलाउन माग



अ+ अ-

विराटनगर । लामुखुटेृको टोकाइबाट डेङ्गुको महामारी फैलिन थालेपछि भारतमा अपनाएको विधि नेपालमा पनि शुरु गर्नुपर्ने आवाज उठ्न थालेको छ । तीन वर्ष पहिले भारतको राजधानी दिल्लीमा १७ हजार ५०० मानिस डेङ्गुबाट प्रभावित भएपछि त्यहाँको सरकारले डेङ्गु नियन्त्रण गर्न थालेको अभियानले मूर्त रुप लिएकाले अहिले निकै जनघनत्व रहेको भारतको राजधानी दिल्लीमा दुई हजार ७०० मात्र डेङ्गुबाट प्रभावित भएको र यसमा निकै सुधार भएको पाइएको छ ।

हप्तामा एक दिन एकपटक १० मिनेट १० महीनासम्म प्रत्येक नागरिकले आ–आफ्ना घर र घर वरिपरि डेङ्गु बस्न सक्ने स्थानको पहिचान गरी सफा राख्ने र जमेको पानीलाई बगाउने तथा तेल खन्याउने जस्ता विधि अपनाएकाले नै यो रोग नियन्त्रणमा आएको देखिन्छ । अहिले नेपालको धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण बढनाका साथै यसबाट मानिसको मृत्युसमेत हुन पुगेको छ ।

दिल्लीमा शुरुआत गरिएको अभियान नेपालमा शुरु भएमा यो रोगको खतराबाट मुक्त हुन सकिने विराटनगरस्थित कोशी अस्पतालका चिकित्सक सङ्ज्ञा ज्ञवाली बताउछन् । सुनसरीको धरानबाट फैलिएको यो रोग अहिले नेपालको ५३ जिल्लामा फैलिएको छ ।

डेङ्गुको यो भयावह स्थितिलाई हेरेर यस विषयमा राष्ट्रिय सङ्कट घोषणा गर्नुपर्ने र सरकासले अहिले चालेको कदम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन् ।