९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले परम्परागत पर्वले आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सन्देशमा काठमाडौँ उपत्यकालगायत स्थानमा मनाइने धार्मिक–सांस्कृतिक महत्वको कुमारी इन्द्रजात्रा पर्वको शुभअवसरमा स्वदेश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘‘सांस्कृतिक धरोहरहरुको पारम्परिक निरन्तरता कायम राख्न सबै एक जुट हुन सकौँ ।

प्रकृतिप्रेमी इन्द्रसँग जोडिएको यस पर्वले प्रकृतिको संरक्षण र कृषिप्रधान मुलुकको समृद्धिमा टेवा पुगोस् साथै सबै नेपालीमा शान्ति छाओस् भनी इन्द्रजात्राको शुभकामना व्यक्त गर्दछु’’, उहाँले सन्देशमा भन्नुभएको छ ।