९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले पार्टीभित्र कुनै समस्या छैन्ः नेता खनाल



अ+ अ-

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर असन्तुष्ट छ । तर, नेता खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको जिकिर गरेका छन् ।

‘पार्टी एकीरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ’, गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले भने । नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसकेका छन् ।

५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्य, जनप्रतिनिधिहरुले गहन रूपले अध्ययन गर्न उनले बताए । स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने खनालले बताएका हुन् ।