९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासमा राजनीति गर्नुहुँदैन:मन्त्री राई



अ+ अ-

बाँके । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासमा सबैको एकैहात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौँला ।”

उहाँले विकासमै राजनीति गर्न लागियो भने हामी कही पुग्दैनौँ भन्दै बाँके जिल्लाको विकासमा आप्mनो मन्त्रालयबाट हुन सक्ने सबै प्रयास गर्ने बताउनुभयो । उहाँले ‘म नेपालगञ्ज निवासी भए पनि मेरो भूमिका मुलुकभरिका लागि हो’ भन्दै आवश्यकताका आधारमा आफूले सबै जिल्लालाई न्याय गर्दै जाने विश्वास दिलाउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश ५ का प्रदेशसभा सदस्द्वयय आइपी खरेल र विजय यादव, मन्त्रालयका सचिव मधुसुदन अधिकारी, आयोजना प्रमुख सुभाष बस्नेत लगायतले बोल्नुभएको थियो । एशियाली विकास बैंकको सहयोगमा रु ३८ करोड ९३ लाख ४२ हजारको लागतमा सो डम्पिङ साइटको निर्माण भएको हो ।