९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूधे बालिकाको करेन्ट लागेर मृत्यु



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो ।

बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको नाङ्गो तार छुन पुग्दा उनको करेन्ट लागेर ज्यान गएको हो । मृतक बालिकाको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

यस्तै महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५ मा बिहीबार राति विषालु सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी महिला सरदारलाई विषालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहा जिल्लाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

मृतक महिलाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज शव परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने जनाइएको छ ।