२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा १० बजे १० मिनेट !



अ+ अ-

याँदिल्ली । नेपालमा डेंगु संक्रमणले विकराल रूप लिंदै गएपछि ‘स्वास्थ्य–संकटकाल’ घोषणा गर्नेसम्मको चर्चा हुन थालेको छ । बेलैमा प्रभावकारी चेतनामूलक अभियान चलाएका कारण भारतको राजधानी दिल्लीमा भने यस वर्ष डेंगु संक्रमण निकै घटेको छ । स्वास्थ्य सेवा चुस्त बनाइएकाले संक्रमितको उपचार पनि प्रभावकारी छ ।

विगतबाट पाठ सिक्दै यो वर्ष डेंगु नियन्त्रणका लागि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले केही महिनादेखि विशेष तयारी थालेको थियो । सेप्टेम्बर १ देखि दस साता लामो विशेष अभियान नै सुरु गरिएको छ । अभियानको नाम छ, ‘दस बजे दस मिनेट ।’

यो अभियानअन्तर्गत प्रत्येक आइतबार बिहान १० बजे सबैलाई आआफ्नो घरआँगनमा पानी जमेको छरछैन हेर्न भनिन्छ । छ भने तत्काल पानी फाल्न वा फेर्न आग्रह गरिएको छ । १० मिनेटको यो अभियान नोभेम्बर १५ नोभेम्बरसम्म चल्नेछ । मुख्यमन्त्री केजरीवालले घरको पानी जम्ने ठाउँहरूको निरीक्षण गरेर अभियानको उद्घाटन गरेका थिए ।

‘मैले र मेरो परिवारले बिहान १० बजे पूरै घरको निरीक्षण गर्‍यौं । जमेको पानी फेरिदियौं । आफ्नो परिवारलाई डेंगुबाट बचाउने योभन्दा उत्तम उपाय अरू हुनै सक्दैन,’ केजरीवालले ट्वीट गर्दै भनेका थिए । डेंगु संक्रमित लामखुट्टे सफा र जमेको पानीमा हुर्कने हुँदा रोकथामका लागि अभियान चलाइएको बताइएको छ ।

यिनै अग्रसरताका कारण दिल्लीमा विगतको तुलनामा डेंगुको संक्रमण न्यून देखिएको हो । गत वर्षको तुलनामा करिब डेंगु रोगीको संख्यामा उल्लेख्य गिरावट आएको छ । यो वर्ष दिल्लीमा ७५ जनामा मात्र डेंगु पाइएको छ र कसैको पनि मृत्यु भएको छैन । दिल्लीमा सबैभन्दा बढी सन् २०१५ मा १५ हजार जनामा डेंगुको संक्रमण भएको थियो । त्यस वर्ष ६० जनाले ज्यान गुमाएका थिए ।

यसबाहेक डेंगु नियन्त्रणका लागि दिल्लीभित्रका सबै नगर निगममा चौबीस घण्टे विशेष कक्ष पनि सञ्चालनमा ल्याइएको छ । ती कक्षमा पानी जमे, घर भत्किए वा रूख एवं हाँगा भाँच्चिए तत्काल खबर गर्न भनिएको छ । दिल्लीका सरकारी अस्पतालमा मात्र ज्वरोका बिरामीका लागि मात्रै भनेर एक हजार शय्या छुट्याइएको छ ।

सबै सरकारी स्वास्थ्य संस्थालाई डेंगुको उपचार र रोकथामका लागि पर्याप्त जनशक्ति र स्रोतसाधन उपलब्ध गराइएको छ । सरकारी कर्मचारीले घरपिच्छे अनुगमनलाई पनि तीव्रता दिएका छन् ।

सरकारी अस्पताल, स्वास्थ्य चौकी र मोहल्ला क्लिनिकमा ५ सयवटा अतिरिक्त ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । यो वर्ष काठमाडौंमा मात्रै डेंगुका कारण ६ जनाको मृत्यु भइसकेको छ । भरतपुरलगायत सहरमा स्थिति भयावह बन्दै गएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।