९ असार २०८३, मंगलवार
,
Latest
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञापनलाई नियमन गर्न नयाँ इतिहास कोरिएको छ: सञ्चारमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयकलाई आजको बैठकमा प्रस्तुत गरेका थिए ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका जिज्ञासमा मन्त्री बाँस्कोटाले विज्ञापनलाई नियम गर्ने क्षेत्रमा नयाँ इतिहास कोरिएको बताए । उनले भने, “ विधेयकले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित बनाउँछ, यो कार्यान्वयनमुखी रहेको छ ।” विधेयकलाई थप समृद्ध बनाउन सहयोग गर्नुभएका दुवै सदनका सांसदलाई मन्त्री बाँस्कोटाले धन्यवाद दिए ।

यसअघि सो विधेयकको सैद्धान्तिक छलफलमा सांसद ठेगेन्द्रप्रकाश पुरी र कोलम ओलीले भाग लिएका थिए । यसैगरी बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकको प्रस्तावलाई गृहमन्त्री रामबहादुर थापाले बैठकमा प्रस्तुत गरेका थिए । –––