
काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’ पारित गरेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल(ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’माथि छलफल गर्न प्रस्ताव गरेका थिए । तर, सांसदहरूले धारणा नराखेपछि गृहमन्त्रीले विधेयक पारित गर्न प्रस्ताव राखेका थिए ।
बुधबारको बैठकमै ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, ०७६’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, ०७६’ समेत टेबुल भएको थियो । त्यस्तै, गृहमन्त्री थापाले नै ‘अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धि पेस गरेका थिए ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘सेफगाड्स, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विधेयक, ०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












