काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।
बंगलादेशका ढाकामा आईतबार भएको खेलमा नेपालले भारतसँग १–० को पराजय ब्यहोरेको हो ।
भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले गरिन् । उनले खेलको ६७ औ मिनेटमा गरेकी हुन् ।
पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ ।
फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो ।
अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनुपर्ने भएको छ ।
बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
यता, नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।












