२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के गर्दै छ विप्लव नेकपा ?, ६ महिनामा ७६१ नेता-कार्यकर्ता पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठ सय ४६ नेतारकार्यकर्ता पक्राउ गरेको छ । गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट सात सय ६१ जना पक्राउ परेका छन् । त्यसअघि ८५ नेतारकार्यकर्ता पक्राउ परेका थिए ।

प्रहरीकाअनुसार पक्राउ गरिएकामध्ये सात सय ९२ विरुद्ध मुद्दा चलेको छ । एक सय २४ पुर्पक्षका लागि जेलमा छन् । ६२ माथि अनुसन्धान जारी छ । सबैगरि विप्लवका एक सय ८६ नेतारकार्यकर्ता सरकारको नियन्त्रणमा छन् । बाँकी तारेखमा रिहा भएका छन् ।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नौजना नेता–कार्यकर्ताको मृत्यु भइसकेको छ । तीमध्ये तीनजना प्रहरी कारबाहीमा मारिएका हुन् भने ६ जनाले आफैँले बोकेको बम विस्फोटमा ज्यान गुमाएका थिए ।

प्रहरीको गोलीबाट ७ जेठमा भोजपुरमा तीर्थराज घिमिरे, ५ असारमा सर्लाहीमा कुमार पौडेल र २५ असारमा भोजपुरमा नीरकुमार राईको मृत्यु भएको थियो । पौडेल विप्लवका सर्लाही इन्चार्ज हुन् भने भोजपुरमा मारिएका राई ओखलढुंगा इन्चार्ज हुन् । प्रहरीले दोहोरो भिडन्तमा मारिएको भने पनि पक्राउ गरी आफ्ना नेता–कार्यकर्ताको हत्या गरिएको विप्लव समूहले दाबी गरेको छ ।

आफैँले बनाएको टाइम बम विस्फोट भएर १२ जेठमा उपत्यकामा पाँच विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । यस्तै ३ साउनमा कैलालीको धनगढीमा बोकेको बम विस्फोट हुँदा एकजनाको ज्यान गएको थियो । यो पार्टीले राखेको बम विस्फोट हुँदा एनसेल कार्यालय नख्खुमा एकजना सर्वसाधारणको मृत्यु भएको थियो ।

विप्लवको प्रभाव सबैभन्दा धेरै प्रदेश ४ र ५ मा
विप्लव नेकपाले पछिल्लो समय प्रदेश ४ र ५ मा आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ । सरकारले विप्लव समूहमाथि २९ फागुनबाट प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै प्रहरीले सो समूहविरुद्ध चलाएको कारबाही पनि प्रदेश ४ र ५ मै केन्द्रित देखिन्छ ।

प्रहरीको तथ्यांकअनुसार गत ६ महिनामा प्रदेश ४ मा मात्रै विप्लव समूहका एक सय ५५ नेता–कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये एक सय ३३ विरुद्ध मुद्दा दर्ता भएको छ । १४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

२२ जनालाई सोधपुछपछि छाडिएको छ भने एक सय ६ जनालाई तारेखमा छाडिएको छ । बाँकी १३ जना माथि भने अनुसन्धान जारी छ । सोही अवधिमा प्रदेश ५ मा एक सय ४७ पक्राउ परेका छन् । जसमध्ये चारजना सोधपुछपछि छुटे । बाँकी एक सय ४३ विरुद्ध मुद्दा दर्ता भएको छ । तीमध्ये २७ जना पुर्पक्षका लागि जेलमा छन् । १६ जनामाथि अनुसन्धान जारी छ । एक सयजना भने तारेखमा छुटेका छन् ।

प्रदेश ३ र प्रदेश १ मा पनि ठूलै प्रभाव, उपत्यकामा मात्र १३३ पक्राउ
प्रदेश ४ र ५ पछि विप्लव समूहको गतिविधि काठमाडौं उपत्यका र प्रदेश १ मा ज्यादा देखिन्छ । धप्रतिबन्धपछि उपत्यकाबाट मात्रै विप्लवका एक सय ३३ कार्यकर्ता पक्राउ परे । जसमध्ये तीनजनालाई सोधपुछपछि छाडिएको छ । बाँकी एक सय ३० लाई मुद्दा चलाइयो । १४ जना अहिले पुर्पक्षका लागि जेलमा छन् । दुईजनामाथि अनुसन्धान नै बाँकी छ । बाँकी एक सय १४ लाई भने तारेखमा छाडियो ।

यो अवधिमा प्रदेश १ मा एक सय १३ जना समातिए । ६ जनालाई सोधपुछपछि छाडेर एक सय सातजनाविरुद्ध मुद्दा चलाइएको छ । जसमध्ये २५ पुर्पक्षका लागि जेलमा छन् । १६ माथि अनुसन्धान जारी छ । ६६ जना तारेखमा छुटेका छन् ।

कर्णालीमा ८१ र प्रदेश ७ मा ९१ पक्राउ
कर्णालीमा २९ फागुनयता विप्लव समूहका ८१ र प्रदेश ७ मा ९१ जना पक्राउ परेका छन् । जसमध्ये कणालीमा र प्रदेश ७ मा क्रमशः ७२ र ८७ जनामाथि मुद्दा दर्ता गरिएको छ । पुर्पक्षका लागि जेल जाने कर्णालीमा आठ र प्रदेश ७ मा १७ जना छन् । दुवै प्रदेश गरी ६ जनालाई अनुसन्धानमा राखिएको छ । बाँकीलाई भने तारेखमा छाडिएको छ ।

प्रदेश २ र ३ मा कम प्रभाव
प्रहरीको कारबाही तथ्यांक हेर्दा विप्लव समूहको प्रभाव प्रदेश २ र ३ कम देखिन्छ । प्रदेश २ मा पक्राउ परेका ४४ जनामध्ये ४२ विरुद्ध मुद्दा चल्यो । जसमध्ये नौजना कारागारमा छन् । तीनजनामाथि अनुसन्धान जारी छ । बाँकीलाई तारेखमा छाडिएको छ । त्यस्तै, प्रदेश ३ मा पक्राउ परेका ८२ मध्ये ७८ विरुद्ध मुद्दा चल्यो । १० जना कारागारमा छन् । ६ विरुद्ध अनुसन्धान जारी छ । बाँकी तारेखमा छुटेका छन् ।

कर्णाली र सुदूरपश्चिममा भन्दा प्रदेश ४ र ५ मा विप्लवको प्रभाव बढी छ : एसएसपी उमेशराज जोशी, सहप्रवक्ता, नेपाल प्रहरी
प्रहरीको काम आपराधिक गतिविधि नियन्त्रण गर्ने हो । गतिवधि जहाँ धेरै हुन्छ, त्यहाँ प्रहरीको कारबाही बढी हुनु स्वाभाविक हो । उनीहरूविरुद्ध सबैभन्दा धेरै कारबाही प्रदेश ४ र ५ मा भएका छन् । उनीहरूको गतिविधि धेरै भएरै यस्तो गरिएको हो । विप्लव समूहविरुद्धको कारबाही विश्लेषण गर्दा कर्णाली र सुदूरपश्चिमममा भन्दा प्रदेश ४ र ५ मा उनीहरूको प्रभाव बढी देखिन्छ ।

प्रदेश ४ र ५ मा विप्लवको प्रभाव किन बढी ?
सैद्धान्तिक रूपमा आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र लैंगिक हिसाबले सीमान्त मानिएको कर्णाली र प्रदेश ७ मा विप्लव समूहको प्रभाव बढी हुनुपर्ने हो । तर, प्रदेश ४ र ५ मा यो समूहको गतिवधि बढी छ । अझ त्यसमा पनि सहरी क्षेत्रमा यो समूहको उपस्थिति बाक्लो देखिन्छ । यस्तो किन भयो त रु

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ विप्लव समूहको प्रभाव विस्तार सामाजिक–आर्थिक कारणले भन्दा पनि राजनीतिक असन्तुष्टिका कारण बढेको बताउँछन् । यसका दुई मुख्य कारणमध्ये एउटा पूर्वमाओवादीमा गएर जोडिने र अर्को सरकारप्रतिको असन्तुष्टिमा गएर टुंगिने उनको धारणा छन् ।

‘एक त पूर्वमाओवादीबाट असन्तुष्ट भएर धेरै लडाकुको बहिर्गमन भए । उनीहरू पुरानै आधारक्षेत्रमा फर्किए । त्यो भनेको प्रदेश ४ र ५ नै हो,’ उनले भने, ‘अर्को सरकारप्रतिको असन्तुष्टि हो । प्रदेश ३ मा विप्लवका गतिविधि बढ्नुको कारण यही हो । यो समूह सोसियो–इकोनोमिक बेसबाट भन्दा पनि राजनीतिक असन्तुष्टिका कारण विद्रोही भएको देखिन्छ ।’
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि यो तर्कमा सहमत छन् ।

सरकारसँग असन्तुष्ट युवा विप्लवमा लागेका छन् स् हेमन्त मल्ल, पूर्वडिआइजी
कम्युनिस्ट विचारधारा भएको पार्टीको बेस विपन्नता नै हो । जहाँ राज्यको पहुँच पुग्दैन । नेपालमा यस्तो क्षेत्र कर्णाली हो । अर्को सुदूरपश्चिम क्षेत्र नै हो । तर, यी क्षेत्रमा विप्लवको गतिवधि कम छन् । तर, सहरमा ज्यादा छन् । यस्तो हुुनुमा दुईवटा कारण देखिन्छ । एउटा पूर्वमाओवादी र अर्को सरकार ।

तत्कालीन माओवादीबाट अयोग्य भएर धेरै लडाकु बाहिरिए । तीमध्ये धेरै प्रदेश ४ र ५ कै थिए । उनीहरू नै अहिले विप्लव समूहमा पुगे । अहिले जति पनि गतिविधि भएका छन् ती उनीहरूबाटै भएका हुन् । अर्को केही फ्रेस युवा पनि यसमा सामेल भएको देखिन्छ । काठमाडौंमा भएको विस्फोटमा मरेकाहरू यसैका उदाहरण हुन् । यीचाहिँ सरकारको कामकारबाहीप्रति असन्तुष्ट भएर लागेका हुन् ।

वार्ताबारे विप्लवको रणनीति
–संसदीय व्यवस्थाको विकल्पमा छलफल गर्ने गरी मात्रै वार्तामा बस्ने ।
–मुद्दा लगाइएका नेता–कार्यकर्तालाई जेल तथा हिरासतबाट मुक्त गरी वार्तालाई उपयोग गर्ने । यसबीचमा शक्ति सञ्चय गर्ने ।
–आफूप्रति सरकारको कामकारबाहीको मूल्यांकन गर्दै आगामी रणनीति तय गर्ने ।
सरकारको रणनीति
–प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीलाई हिंसाको बाटो छोड्न बाध्य गराउने र संसदीय राजनीतिमा सहभागी गराउने । अन्यथा नियन्त्रणमा लिने ।
–विप्लवका ठूला नेतालाई नेकपामै प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिने ।

– सरकारको काम प्रभावकारी नहुँदा विप्लव समूहले फाइदा लिने हुँदा सत्ताधारी नेकपाले आफ्ना कमजोरी सच्याई विप्लवमाथिको प्रतिबन्ध कायम राख्ने ।

हिंसा छोड्ने सर्तमा वार्तामा बस्न तयार छौँ स् गोकुल बाँस्कोटा, सरकारका प्रवक्ता
उहाँहरू (विप्लव) पार्टी र राजकीय सत्तामा खेल्न नखोजे हुन्छ । यदि उहाँहरू वार्ता गर्न तयार हो भने हिंसा छोड्न तयार हुन हुनुपर्छ । हिंसा छोड्न तयार हुनुभयो भने जुनसुकै विषयमा वार्ता गर्न तयार छौँ । वार्ताका लागि उहाँले के–के विषयमा छलफल गर्न खोज्नुभएको स्पष्ट पार्नुप(यो । छलफलका लागि आधिकारिक रूपमा प्रतिनिधित्व हुनुप(यो ।

संविधानमा टेकेर गणतन्त्र, संघीयतालगायत मुद्दामा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सहमत हुने हो भने वार्ताका लागि जहिल्यै ढोका खुला छ । हामी वार्ताबाटै समस्या समाधान होस् भन्ने पक्षमा छौँ । वार्ता नगर्ने हामीले कहिल्यै भनेका छैनौँ ।

  • सरकार र वार्ताबारे विप्लवको पछिल्लो भनाइ
  • मुखले वार्ता भनेर सरकारले हामीलाई सिध्याउन खोज्यो
  • हामीले वार्ता होइन, क्रान्ति गर्न पार्टी बनाएका हौँ । तर, सरकार अत्तालिएर हामीलाई
  • प्रतिबन्ध लगायो र वार्ता गरौँ भन्यो । सरकार इमानदारीपूर्वक जनताको समस्यालाई लिएर छलफल गर्न चाहन्छ भने हामी पनि वार्ताविरोधी होइनौँ, छलफल गर्न तयार छौँ भन्यौँ ।

अनौपचारिक भेटघाट भए । तर, के महसुस भयो भने राज्यले एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर संगठनात्मक काममा गएका हाम्रा जिम्मेवार कमरेडहरूलाई हत्या गर्ने, जेल हाल्ने गर्न थाल्यो । सरकारमा या त दुई–तीनवटा प्रवृत्ति छ । केपी ओली वार्ता गर्न चाहने अरू शक्तिले सेबोटेज गर्न खोज्ने वा असफल बनाउन लागेको देखिन्छ । होइन भने कूटनीतिक ढंगले वार्ताको कुरा गर्ने र व्यवहारमा दमनबाट सिध्याउने खोजेको प्रस्ट देखिन्छ ।

(पार्टीको आधिकारिक अनलाइन इरातोखबर डटकममा १५ भदौमा प्रकाशित अन्तर्वार्ताबाट)

सरकारका प्रवक्ता गोकुल बाँस्कोटा भन्छन्–
विप्लवले हाम्रो पार्टी र राजकीय सत्तामा खेल्न नखोजे हुन्छ
उहाँ(विप्लव)हरूले वार्ताका नाममा हाम्रो पार्टी र राजकीय सत्तामा खेल्न नखोजे हुन्छ । यदि उहाँहरू वार्ता गर्न तयार हो भने हिंसा छोड्न तयार हुनुप(यो । हिंसा छोड्न तयार हुनुभयो भने जुनसुकै विषयमा वार्ता गर्न तयार छौँ ।

वार्ताका लागि उहाँले के–के विषयमा छलफल गर्न खोज्नुभएको स्पष्ट पार्नुप(यो । छलफलका लागि आधिकारिक रूपमा प्रतिनिधित्व हुनुपर्यो । संविधानमा टेकेर गणतन्त्र, संघीयतालगायत मुद्दामा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सहमत हुने हो भने वार्ताका लागि जहिल्यै ढोका खुला छ । हामी वार्ताबाटै समस्या समाधान होस् भन्ने पक्षमा छौँ । वार्ता नगर्ने हामीले कहिल्यै भनेका छैनौँ ।

शक्ति केन्द्रीकरण गर्दै विप्लव
स्थायी समिति र पोलिटब्युरो विघटन, १८ केन्द्रीय सदस्य निष्कासित, सबै निर्णय चारजनाको हेडक्वार्टरबाट

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको सम्पूर्ण शक्ति हेडक्वार्टरमा केन्द्रीकृत गर्दै लगेका छन् । आफू शक्तिशाली हुनेगरी उनले पार्टीको संरचना बदलेका छन् ।

विप्लवले पार्टीको पोलिटब्युरो र स्थायी समिति विघटन गरेर सम्पूर्ण शक्ति चारसदस्यीय हेडक्वार्टरमा केन्द्रित गरेका छन् । हेडक्वार्टरमा उनीबाहेक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर मात्रै छन् । स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ जेलमा भएकाले हेडक्वार्टरमा समावेश छैनन् । अहिले पार्टीको सम्पूर्ण निर्णय यही चारजनाको समितिले गर्दै आएको छ ।

केन्द्रीय समितिलाई पनि छरितो बनाउन भन्दै जेलमा परेका र निष्क्रिय भई बसेका १८ जनालाई जिम्मेवारीबाट हटाइएको छ । हाल केन्द्रीय समितिमा ३५ सदस्य मात्रै छन् । एक वर्षदेखि केन्द्रीय समिति बैठक बसेको छैन भने दुई वर्षदेखि बैठकै नबसी पोलिटब्युरो विघटन भएको छ । ०७४ को पुसमा चितवनमा पोलिटब्युरो बैठक बसेको थियो । विप्लव समूहको यो नै पहिलो र अन्तिम पोलिटब्युरो बैठक थियो ।

हेडक्वार्टरमातहत चार कमाण्ड
हेडक्वार्टरमातहत चारवटा कमाण्ड निर्माण गरिएको छ । तिनको संरचना पनि विप्लव आफैँलाई निर्णय गर्न सजिलो हुने गरी तयार गरिएको छ । पूर्वीकमाण्डको नेतृत्व सन्तोष बुढामगर, विप्लव आफैँले निगरानी गर्ने गरी मध्यकमाण्डको नेतृत्व प्रकाण्ड, मध्यपश्चिमको नेतृत्व चन्द्रबहादुर चन्द ९वीरजंग० र पश्चिम कमाण्डको नेतृत्व धर्मेन्द्र बास्तोलालाई सुम्पेका छन् । मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंग मात्रै हेडक्वार्टर सदस्य होइनन् ।

पाँच केन्द्रीय नेता पुर्पक्षका लागि कारागारमा
जेलमा रहेका विप्लवका ठूला नेतामध्ये हेमन्तप्रकाश वली ‘सुदर्शन’ तत्कालीन स्थायी समिति सदस्य हुन् । केन्द्रीय सदस्यहरू माइला लामा, बन्धु चन्द, वसन्त श्रेष्ठ ‘प्रज्वलन’ र भरत बम पनि जेलमा छन् । वली र लामालाई ललितपुरको नख्खु कारागारमा राखिएको छ । चन्द धनगढी, बम नेपालगन्ज र श्रेष्ठलाई रूपन्देही कारागारमा राखिएको छ । अरू पक्राउ परेकामा क्षेत्रीय ब्युरो सदस्य, जिल्ला समिति सदस्य र तल्लो तहका कार्यकर्ता छन् ।

विप्लवविरुद्ध सबैभन्दा धेरै कारबाही प्रदेश ४ र ५ माएसएसपी उमेशराज जोशी, सहप्रवक्ता, प्रहरी

प्रहरीको काम आपराधिक गतिविधि नियन्त्रण गर्ने हो । गतिवधि जहाँ धेरै हुन्छ, त्यहाँ प्रहरीको कारबाही बढी हुनु स्वाभाविक हो । उनीहरूविरुद्ध सबैभन्दा धेरै कारबाही प्रदेश ४ र ५ मा भएका छन् । उनीहरूको गतिविधि धेरै भएरै यस्तो गरिएको हो । विप्लव समूहविरुद्धको कारबाही विश्लेषण गर्दा कर्णाली र सुदूरपश्चिमममा भन्दा प्रदेश ४ र ५ मा उनीहरूको प्रभाव बढी देखिन्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।