९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन सक्रिय : तीन दिन वर्षा हुने



अ+ अ-

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ ।

मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई वर्षा हुने क्रम जारी रहने मौसमविद्को भनाइ छ । यसको प्रभावले तीन दिन देशभर वर्षा हुनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २० गते (शुक्रबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २१ गते (शनिबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र २२ गते (आइतबार )

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |