९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबी र अशिक्षाका कारण मानव बेचविखनको समस्या बढ्यो: गृहमन्त्री



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गरेका छन् ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानव बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको पनि बताए । उनले गरिबी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्तामा पनि जोड दिए ।

गृहमन्त्री थापाले कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पारे ।