२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिज : परम्परा धान्दै प्रदर्शनमा आयो ‘सोच’



अ+ अ-

काठमाडौं । यो शुक्रबार अर्थात् आजबाट फिल्म ‘सोच’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्म देशभरबाट प्रदर्शनमा आएको हो ।

पूजन सिंह (प्रभाकर प्रकाश)को कथा र निर्देशन रहेको ‘सोच’ देशभरका झण्डै ६ दर्जन हलबाट प्रदर्शनमा आएको हो ।
फिल्ममा निर्देशक पूजनका साथमा प्रज्वल गिरी, नीता ढुंगाना, बिशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मको पटकथा र सम्वाद कृष्ण आचार्यले लेखेका हुन् भने फिल्ममा एनबि महर्जनको द्वन्द्व, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । बिदुर पाण्डेले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्मसले गरेको हो ।




भर्खरै