८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक



अ+ अ-

लहान । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताएका छन् । प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले छोरा जस्तै छोरीहरुलाई पनि उच्च शिक्षा दिनुपर्ने बताए ।

अझै समाजमा छोरालाई पढाउने तर छोरीलाई काममा लगाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पुर्याउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गरे ।

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ‘ग्यारेन्टी’समेत गरेको बताउँदै उनले अब कुनै पनि बहानामा छोरीहरुमाथि भेदभाव हुन नदिने जिकिर गरे । उनले शैक्षिकरूपमा पछाडि रहेको प्रदेश २ लाई शिक्षित प्रदेशका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेकोले सो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा मुख्यमन्त्री राउतले उक्त विद्यालयमा अध्ययनरत १०३ जना छात्रालाई साइकल हस्तान्तरण गरे।