८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्‍याक प्रकरणः प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग



अ+ अ-

काठमाडौं । एटीएम चोरी प्रकरणमा प्रभु र एनआईसी एसिया बैंकको एटीएम कार्ड प्रयोग भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

ह्याकरले नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ।

नेपाल इलेक्ट्रिक पेइमेण्ट सिस्टम लिमिटेड (नेप्स)को कार्ड प्रयोग गरेर भीसा कार्यको प्रयोग गर्ने बैंकका एटीएमबाट पैसा झिकिएको प्रारम्भिक प्रहरी अनुसन्धानमा देखिएको छ। अहिले प्रभु, सनराइज, माछापुच्छे, जनता, सिद्धार्थ, सिटिजन्स, एनआईसी एसिया, बैंक अफ काठमाण्डू, प्राइम, नेपाल बंगलादेश र ग्लोबल आईएमई बैंक नेम्स प्रणालीमा आबद्ध छन्।

त्यस्तै देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक पनि यस सञ्जालमा आबद्ध छन्।

ह्याकरले ती बैंकको नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ।

अहिले नेप्समा आबद्ध बैंकका एटीएम कार्डहरु अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न पाइन्छ। पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

काठमाडौं परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो । प्रहरीले चिनियाँ नागरिक लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन पिङपिलाई पक्राउ गरेको हो ।

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयासहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट सक्कली एटीएम १७, कार्ड पिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ था र सामसुङ मोबाइल १ थान बरामद गरेको छ ।