८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय संस्थामा सुरक्षामा चुनौती थपियो: सुवेदी



अ+ अ-

काठमाडौं । प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले केही विदेशीहरु नेपालमा बैंकिङ प्रणाली ह्याक गर्नकै लागि नेपाल आउने गरेको बताएका छन् । उनले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षामा चुनौती थपिएको बताए।

शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले उक्त कुरा बताएका हुन् ।

हालसम्म लुटपाटमा संगलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको सुवेदीले जानकारी दिए । उनीहरुको साथबाट १ करोड ६८ लाख रुपैयाँ र ह्याक गर्न प्रयोग हुने डिभाइस पनि बरामद भएको छ । उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको उनले बताए ।