८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारण जनताको रकम सुरक्षित छ: नेपाल राष्ट्र बैंक



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार राति काठमाडौंका केही एटीएम ह्याक गरी रकम झिकिएको भए पनि सर्वसाधारण जनताको रकम भने सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले बैंक र एटीएम मेसिनको बीचमा एक अर्को डिभाइस खडा गरेर रकम चोरी गरिएको जानकारी दिएका हुन् ।

बैंकिङ प्रणाली अनुसार कुनै पनि ग्राहकले एटीएम मेसीनमा कार्ड छिराएर निकाल्न खोजेको रकम उल्लेख गरेपछि सम्बन्धित बैंकमा सूचना पुग्छ । त्यसपछि बैंकको स्वचालित प्रणालीले माग बमोजिमको रकम खातामा रहेको जानकारी एटिएम मसिनलाई दिएपछि मात्रै रकम मेसिनबाट निस्कन्छ ।

नेपाल प्रहरीले एटिएम् बाट पैसा ह्याक गरेर चोरी गर्ने ५ जना चाईनिज नागरिकलाई पक्राउ गरेको छ । थप विवरण आउन बाँकी नै छ, प्रहरीद्वारा अनुशन्धान जारी ।