८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका गोलिकाण्ड: जथाभावी गोली हानेर पाँचजनाको हत्या



अ+ अ-

काठमाडौं । अमेरिकाको टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्ड राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ।

कम्तीमा एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको छ।गोलीकाण्डको उद्देश्य थाहा भएको छैन।प्रहरी प्रवक्ताले बताए अनुसार कम्ती १६ जना घाइते भएका छन्। घाइतेमध्ये केही प्रहरी पनि रहेको उनले पत्रकारहरूलाई बताए।

ओडेसाको अस्पतालले दुई वर्षभन्दा कम उमेरको एक शिशु पनि घाइते अवस्थामा ल्याइएको जनाएको छ। त्यहाँ भर्ना गरिएकामध्ये ७ जनाको हालत गम्भीर रहेको बताइएको छ।

एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको प्रहरीले बताएको छ ।ओडेसा नगरका प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए।

करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसे अनि नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरिरहे।उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको बताइएको छ।

गोलीकाण्ड लगत्तै ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले घटनाको जानकारी लिइरहेको जनाए।उपराष्ट्रपति माइक पेन्सले पनि घटनाबारे प्रतिक्रिया दिएका छन्।

एउटा पत्रकार सम्मेलन सम्बोधन गर्दै उनले ट्रम्प प्रशासन कंग्रेसमा रहेका दुवै दलका सदस्यहरूसँग मिलेर यस्ता गोलीकाण्डको विषय सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

टेक्ससको एल पासो नगरमा ठीक चार साता अगाडि पनि गोलीकाण्ड भएको थियो।सो गोलीकाण्डमा २२ जना मारिएका थिए।