८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीनलाई घर



अ+ अ-

सुरुङ्गा । विर्तामोड नगरपालिका–२ निवासी सहाराविहीन बन्नुभएकी ५५ वर्षीया दृष्टिविहीन धामो राजवंशीले घर पाउनुभएको छ । सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा विर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । विर्तामोड नगरपालिकाले रु ५० हजार र नगरपालिकाको वडा नं २ ले रु एक लाख प्रदान गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा राजवंशीको घर निर्माण भएको हो ।

आफैँमा दृष्टिविहीन त्यसमाथि कसैको पनि सहारा नभएपछि नीता घतानीले धामोको घर निर्माणका लागि सबैसँग सहयोगको अपिल गर्नुभएको थियो । योसँगै सहारा नेपालले राजवंशीको घर निर्माणका लागि पहल गरेको थियो ।

आफ्नो भन्नु कोही नहुनु र भएका आँखा पनि गुम्नु यो भन्दा ठूलो विपत्ति जीवनमा केही नहुने भन्दै सहारा नेपालले प्राविधिक सहयोग गर्ने भएपछि विर्तामोड नगरपालिका र वडा कार्यालयले राजवंशीको घर निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । नगरले घर निर्माणका लागि आर्थिक सहयोग गरे पनि रङरोगनका लागि रकम अभाव भएपछि रोट्र्याक क्लब अफ विर्तामोडले आज उहाँको घरमा रङरोगन गरेको विर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले जानकारी दिनुभयो ।

दुई दशकअघि श्रीमान् खगेन्द्र राजवंशीले साथ छाडेपछि डेढ वर्षीया छोरी सुमित्राको तालु सुम्सुम्याएर चित्त बुझाउँदै आउनुभएकी सहाराविहीन महिला हुन् धामो । सहारा दिने बेलामा छोरीलाई पनि पाँच वर्षअघि गुमाउनुभएकी धामोको अहिले आफ्नो भन्ने कोही छैन । जन्मिएको दुई दिनमै ठूलो छोरा खस्नु, इलाका स्वास्थ्यचौकी राजगढमा जन्मिएको कान्छो छोरालाई पनि घर ल्याउन नपाई स्वस्थ्य संस्थामै गुमाउनुभएकी धामोका लागि एकैपटक ठूलो बज्रपात प¥यो जीवनमा ।
राम्ररी मुख देख्न नपाउँदै दुवै छोरा गुमाउनु, छोरी डेढ वर्षकी हुँदा श्रीमान् गुमाउनु र श्रीमान्सँगै धामोले आँखाको ज्योति पनि गुमाउनु यस्तो विपत्ति उहाँले कसरी सहनुभयो जान्नेसुन्ने सबै चकित छन् अहिले । यस्तो अवस्थामा रहनुभएकी उहाँको घर निर्माण गरेसँगै उहाँमात्र होइन, उहाँका छिमेकी पनि खुशी छन् ।