२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्थिङ सेन्टरमा प्रसुति नगराए जन्मदर्ता नबन्ने



अ+ अ-

भोजपुर । टेम्के मैयुङ गाउँपालिका–९, लेखर्कका नवराज राईले छोरीको जन्मदर्ता सहजै बनाए। न उनलाई कुनै कागजात पेस गर्नु पर्‍यो न कुनै सचिवको सिफारिस नै चाहियो। ५ महिनाअघि उनकी पत्नी प्रसूति गराएपछि लेखर्क बर्थिङ सेन्टरले दिएको जन्म प्रमाण पत्रले नै सबै काम टार्‍यो। उनले गत वैशाखमा पत्नी सविनाको त्यही बर्थिङ सेन्टरमा प्रसूति गराएका थिए।

‘वैशाख दोस्रो साता श्रीमतीलाई बर्थिङ सेन्टरमा प्रसूति गराए। त्यतिबेला बर्थिङ सेन्टरले दिएको जन्म प्रमाणपत्रले सहजै जन्मदर्ता बनाउन काम दियो। अनेक कागजात मिलाउनुपर्ने झन्झट भएन’, उनले भने, ‘वडाले बर्थिङ सेन्टरमै सुत्केरी नगराए जन्मदर्ता बनाउन नसकिने नयाँ नियम ल्याएको थाहा पाएपछि मैले छोरी जन्मदर्ता सहज पाएँ। आमाबच्चाको स्वास्थ्य पनि राम्रो, सरकारी सेवा लिन पनि सहज।’

ग्रामीण महिलालाई बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउन टेम्के मैयुङ गाउँपालिकाको वडा नम्बर ९ लेखर्कले बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नपाउने नयाँ नियम लागू गरेको छ। वडाले भदौ पहिलो साता यो नियम लागू गरेको हो। घरमै प्रसूति गराउने पुरानो परम्परा विस्थापित गर्दै सुरक्षित तरिकाबाट आमा र बच्चाको स्वास्थ्यको जोखिम घटाउन यो नियम लागू गरिएको वडाध्यक्ष गणेशकुमार राईले बताए। बर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएपछि अहिले महिलाहरू धमाधम नियमित चेकअप र प्रसूति गराउन थालेका छन्। ५ महिनायता सेन्टरमा १४ जना महिलाले प्रसूतिपश्चात शिशुको जन्मदर्ता पनि बनाइसकेका छन्।

सरकारले दिने सुत्केरी स्याहारबापतको १ हजार रुपैयाँसँगै दिने पूर्ण खोप कार्डका साथ वडाले जन्म प्रमाणपत्र प्रदान गर्ने नयाँ नियम ल्याएको यो पहिलोपटक हो। यसअघि यहाँका महिला प्रसूति गराउन छिमेकी वडा कोट या गोगने अथवा विकल्पमा ३ घण्टा मोटर दुरीको सदरमुकाम, ठूला सहर लैजानुपर्ने बाध्यता थियो। यतिबेला जिल्ला अस्पताल भोजपुरलगायत ९ वटै स्थानीय तहमा जम्मा ३० वटा बर्थिङ सेन्टर (स्वास्थ्य चौकी) सञ्चालनमा रहेको छ। अन्य नयाँ सेन्टर खोलिने क्रममा रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै