२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गाडीमै च्यापिएर मरे चौपाया’



अ+ अ-

नेपालगन्ज । नेपालगन्जबाट सुर्खेत लगिएका अधिकांश गाईगोरु क्षमताभन्दा बढी ढुवानी गर्दा गाडीमै च्यापिएर मरेको आशंका पशु अधिकारकर्मीहरुले गरेका छन्।

सुर्खेतको कटकुवास्थित घटनास्थल पुगेको एनिमल नेपालका पशु चिकित्सक डा। दीपेन्द्र शाहसहितको टोलीले घाइते चौपायाको शरीरमा कुल्चिएका डाम देखिएकाले च्यापिएरै मरेको आशंका गरे। उनले भने, ‘हामीले ५ वटाको उपचार गर्‍यौं। एउटा गोरु उपचार गर्दागर्दै मर्‍यो। भीरबाट खसालिएका अझै कति गाईगोरु हराइरहेका छन्।’

पशु अधिकारकर्मी सुरेन्द्र कार्कीले मरेका र गम्भीर घाइते चौपायालाई आधा दर्जन स्थानबाट फालिएको बताए। ‘अधिकांश चौपाया गाडीमै च्यापिएर मरे। मरेका चौपायालाई भीरबाट पनि खसालिएको छ। झार्ने क्रममा घाइते अवस्थाका चौपायालाई मरेको ठानेर फालिएको देखिन्छ’, कार्कीले भने। घटनास्थल पुगेर फर्केका अधिवक्ता विश्वजित तिवारीले पनि ‘ढुवानीको ओभर लोड’ ले चौपाया मरेको आशंका व्यक्त गरे।

जीवित गाई नेपालगन्ज फिर्ता

बेवारिसे गाईगोरुलाई नेपालगन्ज फिर्ता ल्याइएको छ। भीरमा खसालिएका ३२ गाईगोरु मरेका छन्। दर्जनौं गाईगोरु घाइते छन्। जीवितमध्ये शनिबारसम्म एक सय ६७ गाईगोरु फिर्ता पठाइएको हो। जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार जंगलमा छाडिएका अन्य गाई खोज्ने काम भइरहेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी र प्रहरीले जंगलमा रहेका गाईगोरु खोजेर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले बताए। फिर्ता पठाइएका चौपायालाई नेपालगन्ज उपमहानगरपालिका–२१ बिर्ताको कान्जी हाउसमा राखिएको छ। घाइतेको कान्जी हाउसमै उपचार पनि भइरहेको छ।

नेपालगन्जबाट बिहीबार आठ वटा ट्रकमा दुई सय ९१ चौपाया ढुवानी गरिएको थियो। औसत रूपमा एउटा गाडीमा ३६ वटा चौपाया राखिएको देखिन्छ। कान्जी हाउसका व्यवस्थापक पवन कनोजियाले साना गाडीमा १८ वटासम्म चौपाया राखिएको बताए। उनको भनाइलाई आधार मान्दा ठूला गाडीमा औसतभन्दा धेरै चौपाया राखिएको थियो।

शनिबार सुर्खेतबाट नेपालगन्ज चौपाया फिर्ता गर्दा ९ वटा ट्रकमा एक सय ६७ वटा मात्र चौपाया ल्याइएको थियो। एउटा गाडीमा औसत १८ चौपाया मात्र ल्याइएको छ। फिर्ता ल्याएको आधारमा हिसाब गर्दा दुई सय ९१ वटा चौपाया बोक्न एकै नासको क्षमता भएका औसत १५ वटा ट्रक आवश्यक पर्ने देखिन्छ।

शनिबार साँझसम्म एक सय ६७ वटा चौपाया (गाईगोरु र बाच्छाबाच्छी) सुर्खेतबाट नेपालगन्ज फिर्ता भइसकेका छन्। सुर्खेतमा हराइरहेका गाई खोज्ने क्रम जारी रहेकाले अझै चौपाया फिर्ता आउने बताइएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै