२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

६९ जना कामदार नेपाल फिर्न पाएनन्



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एड्भान्स म्यानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाएको छैन । कम्पनीले भिसा रद्द गर्न नसक्दा कामदार नेपाल फिर्न वञ्चित हुनु परेको हो ।

आफूहरूलाई तीन महिनादेखि स्वदेश नपठाई क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरूलाई काममा समेत लगाइएको छैन । ‘हाम्रो काम छैन । घर पनि पठाइएको छैन । त्यत्तिकै थन्किएर बस्नुपरेको छ,’ दार्चुलाका कृष्णसिंह कोटारीले भने, ‘करार अवधि सकिएको पनि दुई महिना बितिसक्यो ।’

सबै कामदारको भिसा अवधि समाप्त भइसकेको उनले बताए । कम्पनीले कामदारलाई स्वदेश पठाउनुपरे भिसा सकिएको दिनदेखि नै जरिवाना बुझाउनुपर्छ । ठूलो जरिवाना बुझाउनुपर्ने भएकाले कम्पनीले भिसा रद्द गर्न नसकेको हो । कम्पनीले नेपाली दूतावासलाई ६९ जना कामदार रहेको भन्दै नेपाल पठाउने प्रक्रिया थालेको जनाएको छ । तर उसले कहिले पठाउने भनेर मिति दिएको छैन । उक्त कम्पनीमा ५ वर्षदेखि कार्यरत नेपाली कामदार रहेको धनगढीका केशव साउदले बताए । पीडितले दुई महिनाअघिदेखि नै दूतावासलाई अनुरोध गर्दै आएको उनको भनाइ छ ।

कम्पनीबाट पाउने सेवासुविधा दिलाएर स्वदेश पठाउन कम्पनीसँग समन्वय भइरहेको नेपाली दूतावासले जनाएको छ । श्रम काउन्सेलर भेषराज कार्कीले दूतावासलाई कम्पनीविरुद्ध मुद्दा लड्न अख्तियार दिएर कामदार स्वदेश फिर्न सकिने वातावरण बनाइरहेको बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै