२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोरामा ज्ञान, भूकम्पले क्षतिग्रस्त पुस्तकालय पुनर्निर्माण प्राथमिकतामा परेनन्



अ+ अ-

काठमाडौँ । चार वर्षअघि भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय, केशर र त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालय तंग्रिन सकेका छैनन् । मुलुकभर रहेका अन्य सार्वजनिकरसामुदायिक पुस्तकालय पनि दयनीय अवस्थामा छन् ।

मन्त्रालयले साताव्यापी कार्यक्रम गर्दै आइतबार १२औं राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै छ । यस वर्ष ‘पठन संस्कृतिको पूर्वाधार, पुस्तकालय विकास र विस्तार’ नारा तय गरेर दिवस मनाउन लागिएको हो । पुस्तकालयहरूको अवस्थाले यो नारालाई गिज्याएझैं लाग्छ ।

क्षमताका हिसाबले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सबैभन्दा ठूलो हो । भूकम्पबाट क्षतिग्रस्त यसको संरचना पुनर्निर्माण हुन सकेको छैन । क्षतिग्रस्त भवनबाट पुस्तक र दस्तावेज टहरामा सारेर जेनतेन पठन कार्यलाई निरन्तरता दिने गरिएको छ । धेरै विद्यार्थी र जिज्ञासुको चाप हुने पुस्तकालयमा बसेर अध्ययन गर्ने ठाउँको अभाव रहेको विद्यार्थी सुनीता चौधरीले गुनासो गरिन् । केरकसरी पुनर्निर्माणलाई अघि बढाउने भन्ने विषय नटुंगिएको त्रिवि केन्द्रीय पुस्तकालय कार्यालयले बताएको छ । अध्ययन कक्ष सुधार गरे मात्र विद्यार्थीलाई उक्त पुस्तकालय उपयोगी हुन सक्ने चौधरीको सुझाव छ । भवनसँगै केन्द्रीय पुस्तकालयका लागि कर्मचारी र नयाँनयाँ प्रकाशनको पनि अभाव छ । ९० जनाको कर्मचारी दरबन्दी घटेर ४१ मा झरेको छ । नयाँ पुस्तक र जर्नल पर्याप्त नभएको पुस्तकालय प्रमुख इन्द्रबहादुर अधिकारीले जानकारी दिए ।

राष्ट्रिय पुस्तकालयका पुस्तक बोरामा कोचेर राखेको ४ वर्ष बितिसक्यो । जग्गा प्राप्ति र भवन निर्माणको प्रारम्भिक काम मात्रै अघि बढेकाले पाठकले तत्काल त्यहाँ पुगेर अध्ययन गर्न पाउने अवस्था छैन । ललितपुरको हरिहरभवनमा रहेको पुस्तकालय भवन जीर्ण बनेपछि डेढ लाख पुस्तक बोरामा थन्किएका छन् । टहरामा दैनिक प्रशासनिक काम चलिरहेका छन् । जमलस्थित नयाँ भवन पुनर्निर्माणको प्रारम्भिक काम भर्खर सुरु भएको छ । ‘ठूला पुस्तकालयले सुविधा दिन सकेका छैनन्,’ समन्वय शाखाका उपसचिव यादवचन्द्र निरौलाले भने ।

केशरमहलस्थित केशर पुस्तकालय पनि भूकम्पपछि धरापपूर्ण अवस्थामा छ । भवनको माथिल्लो तला भूकम्पको धक्काले चिराचिरा परेर जोखिमपूर्ण छ । भुइँ तलामै कार्यालयका कामकाज हुन्छन् । भवनको टुंगो नलागेपछि हालै मात्र अस्थायी टहरा निर्माण अन्तिम चरणमा पुगेको छ ।

सरकारले झन्डै ११ महिनाअघि काठमाडौं महानगरपालिका–१ जमलमा रहेको ८ रोपनी जग्गामा राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय गरेको थियो । त्रिविले उपभोग गर्दै आएको उक्त जग्गामा पुस्तकालय भवन बनाउन विवाद बढेपछि साइनबोर्ड मात्रै ठड्याएर छाडिएको छ ।

केशर पुस्तकालयलाई पुस्तक संकलन मात्र नभई संग्रहालयकै रूपमा अघि बढाउन लागिएको थियो । भूकम्पपछि भने नेपाली, संस्कृत, अंग्रेजी, हिन्दी र नेवारी भाषाका ६५ हजार पुस्तकसहित महत्त्वपूर्ण, कागजात, पाण्डुलिपि, चित्रकला, फोटोग्राफी र जनावरका आखेट प्रयोगविहीन छन् ।

‘पहिले जस्तो अध्ययनकर्ताको चाप छैन,’ त्रिवि केन्द्रीय पुस्तकालयका एक कर्मचारीले भने, ‘हामीले पनि पहिले जस्तो सेवासुविधा दिन सकेका छैनौं ।’ इमेल, इन्टरनेटको पहुँच विस्तारले पनि पुस्तकालयहरूमा चाप घटेको हुन सक्ने पुस्तकालयकर्मीहरू बताउँछन् । डिल्लीरमण स्मृति, मदन र काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय पनि सरकारी अनुदानमा सञ्चालित छन् । यिनीहरूमा ३०र३० हजार हाराहारीमा पुस्तक छन् ।

यीबाहेक विश्वविद्यालय, सामुदायिक निजी शिक्षण संस्था, विभिन्न सरकारीरगैरसरकारी संघसंस्था, मन्त्रालय र निकायले पनि आफ्ना प्रयोजनका लागि पुस्तकालय सञ्चालनमा ल्याएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘बुक कर्नर’ का नाममा देशभरका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने अवधारणा अघि सारेको छ । शैक्षिक, सार्वजनिकरसामुदायिक, विशेष र राष्ट्रियसमेत गरी २० हजारभन्दा बढी पुस्तकालय सञ्चालनमा रहेको शिक्षा मन्त्रालयअन्तर्गतको पुस्तकालय समन्वय तथा अभिलेख शाखाले जानकारी दिएको छ । गैरसरकारी संस्थातर्फ ‘रुम टु रिड’ले खोलेका पुस्तकालय उत्कृष्ट रहेको शिक्षा मन्त्रालयको समन्वय शाखाले जानकारी दिएको छ । मन्त्रालयले प्रभावकारी नियमन र अनुगमन गर्न नसक्दा पुस्तकालय प्रभावकारी नभएको शाखाको भनाइ छ । जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइमा समेत दर्ता गरेर पुस्तकालय स्थापना गर्ने हुँदा तथ्यांकसमेत यकिन छैन । यिनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन मन्त्रालयले राष्ट्रिय पुस्तक नीतिको मस्यौदा तयार पारेको छ । पुस्तकालय व्यवस्थापनदेखि पुस्तक लेखन, उत्पादन, वितरण, प्रतिलिपि र उपभोक्ताका अधिकारलाई नीतिले समेट्ने निरौलाले जानकारी दिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै