२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलबाटै ‘डन’हरूको धम्की र यस्तो असुली धन्दा, खै सरकार ?



अ+ अ-

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने समूहका नाइके समीरमानसिंह बस्नेतले जेलबाटै धम्की र असुलीको धन्दा चलाएका छन् । सहयोगीहरू परिचालन गरी निर्माण व्यवसायीलाई नै धम्क्याएर उनले पैसा असुली गर्दै आएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बस्नेतका दुई सहयोगीलाई पक्राउ गरिसकेको छ । फोन गरेर धम्क्याउने धन्दामा संलग्न पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेको हो । उनीहरूले समीरकै निर्देशनमा आफूहरूले व्यवसायीहरूलाई धम्क्याएको स्विकारेका छन् । दुवैविरुद्ध ठगी, मुलुकी अपराध संहिताअन्तर्गतको आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन०सम्बन्धी कसुरमा मुद्दा दायर गर्न लागिएको छ । बस्नेतविरुद्ध समेत सो मुद्दा चल्ने ब्युरोका एक अधिकारीले बताए ।

स्रोतका अनुसार सिआइबीले बस्नेतसँग समेत बयान लिइसकेको छ । जेलबाट झिकाएरै बयान लिएको हो । हालसम्मको अनुसन्धानमा बस्नेतले नै निर्माण व्यवसायीको सूची दिएर धम्क्याउन निर्देशन दिएको खुलेको छ । खड्का र नगरकोटीले इन्टरनेट कलमार्फत फोन गरी पैसा माग्ने र नदिए शरद गौचनकै हालत हुने भन्दै तर्साउने गरेका थिए । धम्क्याउन प्रयोग गरिएको सिमकार्डसमेत खड्काको साथबाट ब्युरोले बरामद गरेको छ ।

बस्नेत हाल सुन्धारास्थित भद्र जेलमा छन् । जेलकै फोन प्रयोग गरी उनले धम्की र असुलीको निर्देशन दिएको प्रहरी स्रोत बताउँछ । कतिपय निर्माण व्यवसायीसँग उनीहरूले पैसासमेत लिएका थिए । सो समूहको धम्कीबाट आजित भएपछि केही महिनाअघि व्यवसायीहरू सुरक्षा माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत निवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा बस्नेत, केन्द्रीय कारागारमा रहेका अर्का गुन्डा नाइके रमेश बाहुन ९सुजन पौडेल० तथा जुम्ला कारागारमा रहेका रिगल ढकालबीच नियमित सम्पर्क देखिएको छ । ढकालले कारागारबाट प्रहरीकै मोबाइल प्रयोग गरी विभिन्न व्यक्तिलाई फोन गरेका थिए । उनले केही प्रहरी अधिकृतलाई समेत नियमित फोन गरेको अनुसन्धामा खुलेको छ ।

२३ असोज ०७४ मा बस्नेतको समूहले निर्माण व्यवसायी गौचनलाई गोली हानी हत्या गरेको थियो । उनको हत्यापछि अन्य व्यवसायीलाई धम्क्याएर सो समूहले पैसा असुलेको थियो । सिआइबीको टोलीले उनलाई ०७४ पुसमा भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो । जेल परेपछि पनि उनको आपराधिक गतिविधि रोकिएको छैन । ‘उसलाई आफ्ना अपराधप्रति कुनै पश्चात्ताप छैन,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘जेलमै बसेर धम्की र असुली धन्दा चलाउने योजना बनाएको छ ।’ उनको आपराधिक गतिविधिमा जेलका कर्मचारी तथा केही प्रहरीले साथ दिएको आशंकामा समेत अनुसन्धान थालिएको छ ।

यसअघि नख्खु कारागारबाटै आपराधिक योजना बनाएको खुलेपछि बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको थियो । आफ्नो इन्काउन्टर गर्न लागेको हल्ला फिँजाएर अदालतमा उनले मुद्दा हालेका थिए । चलखेलकै आधारमा उनले त्यतिवेला सरुवा रोकेको स्रोत बताउँछ । उनको समूहका तीन सहयोगीलाई गत वर्ष कात्तिकमा पक्राउ परेपछि उनले जेलबाट केही व्यक्तिको हत्याको योजना बनाइरहेको खुलेको थियो । प्रहरीले लोप्साङ भन्ने सोम तामाङ, रोशन बुढाथोकी र अमरबहादुर रानालाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि चिकित्सकसहित केही व्यक्तिको हत्याको योजना बनाएको खुलेको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।