२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लिन फिडको व्यवस्थासहित विज्ञापन नियमन ऐन पारित



अ+ अ-

काठमाडौं । नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण हुने विदेशी च्यानलाई विज्ञापनरहित ९क्लिन फिड० बनाउने गरी सरकारले संसद्मा दर्ता गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित भएको छ । विधेयक पारित भएसँगै मुलुकको राजस्व वृद्धि र रोजगारीका लागि क्षेत्र विस्तार भएको छ । उपभोक्तसँग ठूलो मात्रामा शुल्क लिएर विदेशी च्यानल वितरण गर्दै आएका सेवा प्रदायकहरूलाई नियमन गर्न आएको कानुनको सबैतिरबाट स्वागत भएको छ । विधेयकमा क्लिन फिडको व्यवस्था गर्दा सबै किसिमका विज्ञापन स्वदेशी सञ्चारमाध्यमबाट प्रसारण गरी स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्न मद्दत पुग्नेछ । यसअघि सरकारले २०७३ मा नै क्लिन फिडको नीति ल्याए पनि सेवा प्रदायक कम्पनीहरूको विरोधका कारण कार्यान्वयनमा आउन सकेको थिएन । विधेयक पारित भएपछि विज्ञापनका माध्यमबाट राजस्व र रोजगारीमा वृद्धि गरी विदेशी च्यानलको नाममा ठूलो मात्रामा हुने विदेशी मुद्राको बहिर्गमनलाई घटाउने विश्वास लिइएको छ ।

क्लिन फिडको व्यवस्था हुँदा नेपालमा डाउनलिंक अनुमति लिई प्रसारण भएका विदेशी टेलिभिजन च्यानल उपभोक्ताले स्वच्छ र सफा रूपमा हेर्न पाउनेछन् । यस्तै, बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनलाई स्वदेशी च्यानलबाटै प्रसारण गराई स्वदेशी विज्ञापन एजेन्सी र टेलिभिजन च्यानलहरूलाई आत्मनिर्भर बनाउनेछ । यसैगरी, स्वदेशी च्यानलहरूमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन वृद्धि गराई उनीहरूका कार्यक्रमको गुणस्तर वृद्धि गर्न मद्दत पुग्नेछ । स्वदेशी कार्यक्रमको गुणस्तर वृद्धि गराई विदेशी च्यानलबाट हुने भाषिक तथा सांस्कृतिक अतिक्रमण न्यून हुनेछ ।

यसैगरी, क्लिन फिडको व्यवस्थापछि नेपाली विज्ञापन बजार वृद्धि भई थप रोजगारी सिर्जना हुनेछ । विज्ञापन बजारको वृद्धिबाट राजस्व संकलनमा समेत मुलुकमा थप योगदान पुग्नेछ । नेपालमा कार्यक्रम उत्पादन, प्रसारणलगायतका गतिविधि वृद्धि भई टेलिभिजन व्यवसायलाई उद्योगका रूपमा विकास गर्न सकिनेछ । अहिले निःशुल्क वा विज्ञापन समावेश नभएको सशुल्क च्यानललाई २५ हजार इजाजत दस्तुर र विज्ञापन समावेश भएको सशुल्क च्यानललाई ५० हजार इजाजत शुल्क लिएर डाउनलिंकको अनुमति दिने व्यवस्था रहेको छ । सोही कानुनी व्यवस्थाबमोजिम हाल १४७ वटा विदेशी च्यानलले नेपालमा प्रसारण गर्न अनुमति लिएका छन् । जसमा सयभन्दा बढी सशुल्क च्यानल छन् भने बाँकी निःशुल्क च्यानल भएको सञ्चार तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा लामो समय छलफल गरी बिहीबार पारित भएको हो । विधेयकले नेपाली सञ्चारमाध्यममा पनि विज्ञापन वितरणलाई एकद्वार प्रणाली लागू गर्ने व्यवस्था गरेको छ । जसका लागि विज्ञापन प्राधिकरण गठन हुनेछ । विज्ञापन प्राधिकरणको स्वीकृत लिएर मात्रै विज्ञापनदाताले आफ्नो विज्ञापन प्रकाशन प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ । ऐन बनेपछि कार्यान्वयनका लागि नियमावली बनाएर सरकारले कार्यान्वयनमा ल्याउनेछ ।

टेलिभिजन सेवा वितरक ‘क्लिन फिड’को विरुद्धमा आन्दोलित भए पनि संसद्ले सो कुरालाई समेटेर नै विधेयक पारित गरेको हो । नेपालका सबैजसो च्यानल टेलिभिजनले ‘फ्रिटु एयर’ अर्थात् सित्तैमा पाउँछन् । टेलिभिजनको कन्टेन्टका लागि नेपाली च्यानललाई एक पैसा पनि तिर्नुपर्ने अवस्था छैन । ग्राहकले पैसा तिरेर हेरेका विदेशी च्यानल विज्ञापनरहित हुनुपर्ने माग वर्षौंदेखि उठेको हो । अधिवक्ता बाँनियाका अनुसार ग्राहकले विदेशी कन्टेन्टका लागि मासिक पैसा तिरेका हुन्, विज्ञापनका लागि होइन । यदि त्यसमा विज्ञापन राख्ने हो भने नेपालकै राख्नुपर्ने क्लिन फिड अवधारणा हो । विश्वव्यापी क्लिन फिडको अवधारणालाई नेपालमा लागू गर्न ढिलाइ गर्न नहुने पक्षमा अधिकारवादी पनि छन् । विदेशी च्यानल विज्ञापनरहित बजाउनुपर्ने सरकारी नीतिलाई चुनौती दिँदै आएका छन् । उपभोक्ता अधिकारवादी ज्योति बानियाँ विज्ञापन विधेयकमा रहेको अन्तरवस्तुका सम्बन्धमा सार्वभौम संसद्ले नेपाली इन्टरनेट तथा टेलिभिजनका उपभोक्ताको हित संरक्षण गर्ने विश्वास रहेको बताउँछन् ।

के हो क्लिन फिड ?

क्लिन फिड भन्नाले कुनै पनि किसिमको विज्ञापनरहित सामग्री मात्रै प्रसारण गर्नु हो । क्लिन फिडको व्यवस्थाले नेपाली मिडिया तथा विज्ञापन बजारलाई फाइदा पुग्नेछ । क्लिन फिड हुनासाथ विदेशी च्यानलमा निःशुल्क बजिरहेका विज्ञापन बन्द हुनेछन् ।
ती विज्ञापनका उत्पादनको बजार नेपालमा पनि हुनाले उत्पादक कम्पनीले नेपालमा विज्ञापन दिन चाहेमा अब भने तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ । नेपालमा तोकिएको शुल्क तिर्ने व्यवस्थाले नेपालको विज्ञापन बजार र यससँग सम्बन्धित क्षेत्रका साथै राज्यको राजस्वमा समेत प्रत्यक्ष फाइदा पुग्नेछ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।