८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१ प्रमुख जिल्ला अधिकारीकाे सरुवा, काठमाडाैंमा जनकराज दाहाल



अ+ अ-

काठमाडाैंः गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ ।

मन्त्रालयले आज गरेको निर्णयअनुसार काठमाडौँलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ र सात उपसचिव तथा सहसचिव गरी ३१ जनाको सरुवा गरेको हो ।

मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । काठमाडौँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ल्याइएको छ ।

धनकुटाका प्रजिअ सीताराम कार्कीलाई इलाम, काभ्रेपलाञ्चोकका प्रजिअ उदयबहादुर रानालाई झापा, बाँकेका प्रजिअ मदन भुजेललाई मोरङ्ग, बाराका प्रजिअ राजेश पौडेललाई सुनसरीमा सरुवा गरिएको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा विवरणअनुसार सुर्खेतका प्रजिअ फणीन्द्रमणि पोखरेललाई बारा, ललितपुरका प्रजिअ प्रेमराज जोशीलाई मकवानपुर, धादिङका प्रजिअ भागिरथ पाण्डेलाई ललितपुर, मकवानपुरका प्रजिअ आस्मान तामाङलाई धादिङमा सरुवा गरिएको छ ।

यस्तै मोरङ्गका प्रजिअ रमेशकुमार केसीलाई कास्की, सप्तरीका प्रजिअ सुरेन्द्र पौडेललाई कारागार कार्यालय ललितपुर, जाजरकोटका प्रजिअ ललितकुमार बस्नेतलाई सहायक प्रजिअ पर्सा, बझाङका प्रजिअ सुरेश सुनारलाई मोरङ, रुकुम पूर्वका प्रजिअ वेदनिधि अधिकारीलाई कारागार व्यवस्थापन विभाग काठमाडौँ र मुस्ताङका प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई इलाका प्रशासन कार्यालय तुल्सीपुर दाङ्गमा सरुवा गरिएको छ ।

मन्त्रालयका अनुसार इलामका कामु प्रजिअ श्रवणकुमार तिमिल्सिनालाई काभ्रे, महोत्तरीका कामु प्रजिअ उमेशकुमार ढकाललाई पाल्पा सरुवा गरिएको छ ।

चितवनका सहायक प्रजिअ जनकराज पन्तलाई जाजरकोटको प्रजिअ, बाँकेका सहायक प्रजिअ मोहनप्रसाद अर्याललाई रुकुम पूर्वको प्रजिअ, मोरङ्गका सहायक प्रजिअ उमेश पाण्डेलाई बझाङको प्रजिअ र पर्साका सहायक प्रजिअ नेत्रप्रसाद शर्मालाई चितवनको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव महादेव पन्तलाई रुपन्देहीको प्रजिअ, वसन्त अधिकारीलाई सुर्खेतको प्रजिअ, दीर्घनारायण पौडेललाई काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

कारागार कार्यालय सुनसरी झुम्काका सहसचिव डा कृष्णबहादुर घिमिरेलाई धनकुटाको कामु प्रजिअ, कारागार व्यवस्थापन विभाग काठमाडौँका उपसचिव सुनिल खनाललाई सप्तरीको कामु प्रजिअ, गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई महोत्तरीको कामु प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै कारागार कार्यालय नख्खु ललितपुरका उपसचिव वेदप्रसाद अर्याललाई मुस्ताङको प्रजिअ र काठमाडौँको प्रमुख अध्ययागमन अधिकृत कुमारबहादुर खड्कालाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।