८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोजाम्बिकमा महिला सशक्तीकरण कार्यक्रम शुरु



अ+ अ-

मापुतो । अफ्रिकी मुलुक मोजाम्बिकको लैंगिक, बाल तथा सामाजिक मन्त्रालयले बुधबार महिला सशक्तीकरण कार्यक्रम शुभारम्भ गरेको छ । राजधानी मापुतोमा आयोजित विशेष कार्यक्रमबीच घोषणा गरिएको उक्त कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन विशेष रुपमा जोड दिएको छ ।

मन्त्रालयका अनुसार महिलाको शिक्षाको स्तर उकास्न, बैंकबाट ऋण प्राप्त गर्न भइरहेको कमजोर पहुँचमा सुधार ल्याउन तथा जमिन, प्रविधि र सान्दर्भिक सीपको पहुँच बढाउन यस कार्यक्रमले जोड दिनेछ । यो कार्यक्रमबाट ग्रामीण क्षेत्रका लाखौं महिलाले लाभ प्राप्त गर्न सक्नेछन् । “सरकारको पाँच वर्षे कार्यक्रम ९सन् २०१५–२०१९० को एउटा मुख्य लक्ष्य पनि महिलालाई आर्थिक रुपमा सक्षम बनाउनु थियो ।

साथै, एजेन्डा २०३० को दिगो विकासको एउटा प्रमुख लक्ष्यमा पनि यस विषयलाई समेटिएको छ,” मन्त्रालयकी सचिव डानिलो मोमाडे बेले बताए । यो कार्यक्रम युएन वुमन र अफ्रिकी विकास बैंकको साझेदारीमा निर्माण गरिएको हो । मोजाम्बिकले महिलाको आर्थिक सशक्तीकरणका लागि तत्कालै लगानी बढाउनु पर्नेछ, कार्यक्रम शुभारम्भका अवसरमा बोल्दै अफ्रिकी विकास बैंकका प्रतिनिधि पिट्रो टोइगाले बताए ।

“हामी यो कार्यक्रम तत्कालै कार्यान्वयनमा लैजान मोजाम्बिक समक्ष आग्रह गर्दछौं र महिलाको आर्थिक विकासमा योगदान गर्न अभिरुचि राख्ने अरु दाताहरुलाई पनि समेट्न जोड दिन्छौं,” टोइगोले भने । अफ्रिकी विकास बैंकका प्रतिनिधि टोइगोले सन् २०२५ सम्ममा विभिन्न क्षेत्रमा आबद्ध तीन लाख व्यावसायिक महिलाहरुलाई मद्दत गर्ने जानकारी दिए ।

उनले बैंकद्वारा सञ्चालित युवा सशक्तीकरण कार्यक्रम मार्फत पनि कम्तीमा महिलाको सहभागितालाई १० प्रतिशतले वृद्धि गरिने बताए ।