८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको आईपिएस् ७० आर.आर मा नेपालको तिन प्रहरी निरीक्षकहरु उत्कृष्ट



अ+ अ-

भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी (
SVP National Police Academy ) मा संचालीत आईपिएस् ७० आर.आर समुहमा नेपाल प्रहरी तर्फबाट सहभागी निम्न तिन प्रहरी निरीक्षकहरुले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कृत हुन सफल भएका छन् ।

उनीहरुले आ–आफ्नो विधामा सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका कारण भारत सरकारले सम्मान गरेको हो । आई.पिंएस् ७० आर.आर समुहमा प्रहरी निरीक्षक कृष्ण खडकाले सर्वश्रेष्ठ आउटडोर प्रोबेशनरका लागि आईपीएस एसोसिएशनको स्वार्ड अफ अनर, प्रहरी निरीक्षक अनु लामाले १९५८ ब्याच आईपीएस अफिसरको ट्रफी सर्वश्रेष्ठ लेडी आउटडोर प्रोबेशनर, विनोदिनी वर्मा मेमोरियल कप मस्केट्रीका लागि, वरिष्ठ पाठ्यक्रम अधिकारीको ट्रफीको ५५ औं ब्याचमा उत्कृष्ट टर्नआउट र त्यसैगरी प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठले पीटीको लागि जयपुर कप प्रप्त गरेका हुन् ।

सो तालिममा नेपाल प्रहरीका तर्फबाट पाँच जना प्रहरी निरीक्षकहरु क्रमशः प्रहरी निरीक्षक कृष्ण खड्का, प्रहरी निरीक्षक अनु लामा, प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठ, प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक बोधराज रेग्मी सहभागी भएका थिए ।

उत्कृष्ट प्रशिक्षार्थिहरुलाई भारतका केन्द्रिय गृह मन्त्री श्री अमित शाहले पुरस्कार प्रदान गरेका थिए ।