८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो



अ+ अ-

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीको तयारी आइतबारबाट सुरु हुने भएको छ । यसका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।टोलीमा सिनियर र यू–१९ टोलीका नियमित सदस्यको बाहुल्यता छ । कप्तान पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, जितेन्द्र मुखिया र विनोद भण्डारीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यस्तै, आरिफ शेख, अनिलकुमार साह, अभिनाश बोहोरा, सुनिल धमला, राजु रिजाल, शौरभ खनाल, ललितनारायण भण्डारी, पवन शरार्फ, विक्रम शोव र सन्दीप जोरा पनि प्रारम्भिक टोलीमा छन् । यसैगरी कुशल मल्ल, रित गौतम, अमित श्रेष्ठ, किशोर महतो, सुशान भारी, नन्दन यादव, भीम सार्की, कुशल भुर्तेल, सागर ढकाल, इशान पाण्डे, आसिफ शेख र शोएल आलम पनि प्रारम्भिक टोलीमा छन् ।

सिनियर कि यू–२३ टोली खेल्ने भन्ने अन्यौलका कारण पुरुष टिमको तयारी सुरु हुन सकेको थिएन । यो अन्यौल अझै हटेको छैन । नेपाल ओलम्पिक कमिटीले टेष्ट नेशनको यू–२३ र अरु देशका लागि उमेर हद नतोक्ने प्रस्ताव गरेको छ तर दक्षिण एसियाली ओलम्पिक कमिटीले निर्णय गरेको छैन । सम्भवतः सेप्टेम्बर पहिलो साता बैठक बस्नेछ ।