८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ



अ+ अ-

सिरहा । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो ।

स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र यादवले लागुऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्लाष्टिकको पोकामा तयार पारी राखेको ठूलो एक पोका, सानो ८९ पोका गरी आठ ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैको साथबाट रु २० हजार ७६० नेपाली र एक हजार ७०० भारतीय रुपैयाँ तथा एक थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै प्रहरीले गोलबजार नगरपालिका–६ दोहोटियामा ५०० लिटर अवैध घरेलु मदिरा र एक हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ ।