८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी अफगानिस्तानमा ३७ तालिबान लडाकू मारिए



अ+ अ-

शारन । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकू मारिएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात रेड यूनिटको समूहले मंगलबार राति मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला जोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।

सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरी उपप्रमुख मसुद बबाकारखिलले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । सुरक्षा अधिकारी र तालिबान लडाकूबीच सात घण्टासम्म झडप जारी रहेको थियो । सो झडपको क्रममा सुरक्षाबलका एक जना सदस्य घाइते भएको र उनलाई सेनाको शिविरमा सारिएको जनाइएको छ ।

मारिएका तालिबान लडाकूको शव अफगान रेड क्रिसेन्ट वा स्थानीय गाउँलेलाई हस्तान्तरण गरिने बबाकारखिलले बताएका छन् । पहाडी प्रान्तहरुलाई नियन्त्रणमा लिएर बसेको तालिवान लडाकू समूहले बारम्बार सुरक्षाबलमाथि आक्रमण गर्दै आएका छन् । यस सुरक्षा कारबाहीको विषयमा तालिबानी लडाकू समूहले हालसम्म कुनै टिप्पणी गरेको छैन ।