८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसीपुर र घोराहीमा बिपीको पूर्णकदको शालिक राखिने



अ+ अ-

लमही । जिल्लाको घोराही र तुलसीपुरमा महामानव बिपी कोईरालाको पूर्णकदको शालिक राखिने भएको छ । तुलसीपुरस्थित बिपी चोक र घोराही बजारको सडक डिभिजन नजिक चोकमा पूर्णकदको शालिक राख्नका लागि निर्माणको काम भइरहेको नेपाली काङ्ग्रेस दाङले जनाएको छ ।

यही भदौको २४ गते महामानव बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा शालिक अनावरण गर्ने तयारी भएको काङ्ग्रेस दाङका सचिव शङ्कर डाँगीले जानकारी दिएका छन् । “बिपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरेर दाङ ल्याइसकिएको छ, राख्नका लागि अहिले चोकमा काम भइरहेको छ”, डाँगीले भने ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–५ बिपी चोकमा पनि अब बिपीको पूर्णकदको सालिक राखिने भएको छ । त्यसका लागि अहिले रहेको अर्धकदको शालिक हटाएर पूर्णकदको शालिक राखिने भएको काङ्ग्रेस क्षेत्र नं ४ का सभापति जगत खड्काले जानकारी दिए ।

“तुलसीपुरजस्तो ठूलो बजारमा बिपीको सानो सालिक रहेकाले पार्टीले सानो अर्धकदको सालिक हटाएर पूर्णकदको शालिक राख्ने निर्णय गरेको हो, त्यहीअनुसार अहिले शालिक राख्ने ठाउँको निर्माणको काम भइरहेको छ”, क्षेत्रीय सभापति खड्काले भने।

हाल चोकमा रहेको अर्धकदको शालिकलाई क्षेत्रीय पार्टी कार्यालय तुलसीपुरमा स्थापना गर्नको लागि त्यो निकाल्ने कार्य शुरु भएको सभापति खड्काले बताए । शालिकको अनावरण काङ्ग्रेस सभापतिले गर्ने काङ्ग्रेसले जनाएको छ ।