८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारको क्रममा थुनुवाको मृत्यु



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताए ।

थुनुवा ठाकुरको आज बिहान अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा निजको सोही अस्पतालमा बिहान ८ः४५ बजे मृत्यु भएको हो ।

मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।