८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ



अ+ अ-

नवलपुर । भूमिगत स्रोतबाट नवलपरासीपूर्व नवलपुरको एक हजार हेक्टर बढी क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिने भएको छ । जिल्लामा रहेका खेतीयोग्य जमीनमा सिँचाइको उचित प्रबन्ध नहुँदा राम्रो उत्पादन लिन नसकिएकाले भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयले ‘ट्युवेल’ गाड्ने कामलाई प्राथमिकता दिएको छ ।

कार्यालयले गत आर्थिक वर्षमा गाडिएका ‘ट्युवेल’बाट नवलपुरको ३२८ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ । चालू आर्थिक वर्षको योजना सम्पन्न हुँदा थप ७०८ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा पुग्ने भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयका प्रमुख श्रवन खनालले बताउनुभयो । उहाँका अनुसार अहिलेका योजना सम्पन्न हुँदा जिल्लामा एक हजार हेक्टरभन्दा धेरै खेतीयोग्य जमीनमा सिँचाइको सुविधा पुग्ने छ ।

सिँचाइका लागि कुनै स्रोत नभएका खेतीयोग्य जमीनमा भूमिगत जलस्रोतको माध्यमबाट सिँचाइ प्रन्बन्ध गरिएको हो । यहाँका सयौँ हेक्टर जमीनमा सिँचाइको राम्रो प्रबन्ध उचित उत्पादन लिन सकिएको छैन । यसैलाई मध्यनजर गरेर गत वर्षदेखि सरकारले भूमिगत सिँचाइका लागि विशेष पहल थालेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय पोखराले भूमिगत सिँचाइका लागि ‘ट्युवेल’ गाड्ने कामलाई प्राथमिकता दिएको छ । उक्त कार्यालयले नवलपुरसहितका पाँच जिल्लामा भूमिगत सिँचाइको कार्य गर्दै आएको छ ।

नवलपुरमा सिँचाइको प्रबन्ध गर्न गत वर्षमात्र करीब रु सात करोडको लागतमा ‘ट्युवेल’ गाडिएको छ । गण्डकी प्रदेशकै अन्नको भण्डारका रुपमा लिइएको नवलपुरमा सिँचाइको प्रबन्ध गर्न भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय पोखराले ‘ट्युवेल’ गाडेको हो । कार्यालय प्रमुख श्रवन खनालका अनुसार नवलपुरका तीन स्थानीय तहमा गत आर्थिक वर्षमा करीब ? सात करोडको लागतमा ‘स्यालो ट्युवेल’ तथा ‘डिपट्युवेल’ गाडिएको छ ।

कार्यालयले नवलपुरका चार स्थानीय तहमा गरी ४२ ‘स्यालो ट्युवेल’ तथा पाँच ‘डिप ट्युवेल’ गाडेको छ । कावासोती नगरपालिकामा २२, गैँडाकोटमा २२ र मध्यविन्दुमा २० मोटर जडान गरेको छ । रजहर, कुमारवर्ती, डण्डा र हुप्सेकोटमा विभिन्न क्षेत्रमा स्थानमा ‘डिप ट्युवेल’ समेत गाडिएको छ । खेतीयोग्य क्षेत्रमा बाह्य पानीको स्रोत नभएका स्थानमा भूमिगत जलस्रोतको माध्यमबाट सिँचाइको प्रबन्ध गर्न ‘ट्युवेल’ गाडिएको कार्यालय प्रमुख खनालले बताउनुभयो । यसले नवलपुर क्षेत्रका खेतीयोग्य जमीनमा उब्जनी बढाउन सहयोग गर्ने उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षमा समेत नवलपुरमा रु छ करोड ९० लाखको लागमा भूमिगत सिँचाइका लागि ‘ट्युवेल’ गाड्ने काम हुने कार्यालय प्रमुख खनालले बताउनुभयो । उहाँका अनुसार नवलपुरका विभिन्न स्थानमा यस वर्ष १७ ‘डिप ट्युवेल’ र १४ ‘स्यालो ट्युवेल’ जडान गर्ने योजना रहेको छ । सिँचाइको राम्रो प्रबन्ध नभएका स्थान छनोट गरी ‘ट्युवेल’हरु गाडिने उहाँले बताउनुभयो । यसले सिँचाइका सुविधा नपुगेका धेरै खेतीयोग्य जमीन पानीको अभावमा बाँझै राख्ने अवस्थाको अन्त्य गर्ने प्रमुख खनालले बताउनुभयो ।