२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक रोगी ८ वर्षदेखि कोठामै



अ+ अ-

बैतडी । सडककै छेउमा एउटा सानो घर । पाँच जनाको परिवार । कमाउने उमेरका परिवारका दुई सदस्य वर्षौंदेखि कोठामा थुनिएर बसेका छन् ।

बैतडी सदरमुकाम शाही लेक बजारनजिकै दशरथचन्द–४ को तीरगाउँमा प्रेमराम तिरुवाका छोराहरू २२ वर्षीय रमेश र २६ वर्षीय प्रदीपलाई थुनेर राखिएको हो ।

दुवै थुनिएकै कोठामा खान्छन्, सुत्छन्, दिसापिसाब गर्छन् । मानसिक रोगी छोराहरूलाई तिरुवा परिवारले उपचारमा लैजान सकेको छैन । ‘मैले भारी बोकेर आउने ज्यालाले परिवार पालेको छु,’ ६० वर्षीय तिरुवा भन्छन्, ‘बिहान, बेलुका हातमुख जोर्न धौधौ छ । उपचार गर्ने पैसा छैन ।’ करिब आठ वर्षअघिबाट दुवैमा अनौठो समस्या आएको उनले बताए ।

‘जहाँ पायो त्यहाँ डुलिरहने, जे पायो त्यही खाने भएकाले थुनेर राखेको हो,’ उनले भने, ‘कहिलेकाहीँ भागेर बजारमा भौंतारिन्छन्, समातेर फर्काउन ठूलो सास्ती पर्छ ।’ बस्नलाई भएको झुप्रोबाहेक अरू सम्पत्ति नभएकाले उपचार गराउनआफ्नो क्षमता नभएको उनले बताए । ‘काम पाएका दिन चुलोमा आगो बल्छ, नपाएका दिन हामी सबै भोकै सुत्छौं,’ उनले भने, ‘उपचार गराउनेबारे सोचेर पनि सक्ने हैसियत भइदिएन ।’

तिरुवाका साइँला छोरा १८ वर्षीय सन्तोष काम गर्न भारत पसेका छन् । वृद्धवृद्धासँग अराउपराउ गर्न ८ वर्षीय कान्छा छोरा छन् । भोकै सुत्नुपर्दा मानसिक रोगी छोराहरूले केही नभने पनि कान्छा छोराले कुरा नबुझ्ने गुनासो उनले गरे ।
कान्तिपुरबाट