८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिपालमुनि पढ्दै विद्यार्थी



अ+ अ-

रुकुम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन् । गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन् ।

हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा विद्यालयको पठनपाठन शुरु गरिएको शिक्षक खड्क थापाले बताउनुभयो । उहाँका अनुसार गाउँमा आएको पहिराका कारण विद्यालयको पठनपाठन नै ठप्प बनेपछि स्थानीयवासी अभिभावकको सल्लाहमा त्रिपालमुनि अध्यापन गराउन थालिएको बताइएको छ ।

गत साउनदेखि विद्यालयको पठनपाठन कार्य रोकिएपछि नगरपालिकाले प्रदान गरेको पाँच त्रिपालको सहयोगमा खुलाचौरमै पढाउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक भीमबहादुर थापाको भनाइ छ । पहिराले विद्यालयको भवनमा क्षति पु¥याएको र गाउँको बस्तीसमेत जोखिममा परेपछि केही समयका लागि खुलाचौरमा पढाइ सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो ।

खुलाचौर र त्रिपालमुनि पठनपाठन शुरु गरिएसँगै विद्यार्थीको शतप्रतिशत उपस्थिति रहेको बताइएको छ । तर, हाल उक्त स्थानमा शौचालय र खोनपानीको अभावले विद्यार्थीको पठनपाठनमा समस्या पर्ने देखिएको छ । पहिराले हम्पागाउँका १०० बढी घर जोखिममा परेका छन् । त्यस्तै नौ घर पूर्णरुपमा क्षति भएका वडाध्यक्ष विनोद पुनको भनाइ छ । गत साउन १७ गते आएको पहिरोले स्थानीयवासी ४५ वर्षीया बिर्मी नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।