२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी



अ+ अ-

काठमाडौं । सरकारले सुदूरपश्चिम विश्वविद्यालयमा बहालवाला उपकुलपति र रजिस्ट्रारलाई पदमुक्त गर्दै निमित्त उपकुलपति र रजिस्ट्रार नियुक्त गरेपछि नेपाल विद्यार्थी संघले पाँच महिनादेखि लगाएको ताला अझै खोलेको छैन । तत्कालीन उपकुलपति डा. भूषण श्रेष्ठ र रजिस्ट्रार डा. द्विजराज भट्टलाई सरकारले २७ पुस ०७५ मा पदमुक्त गर्दै निमित्तमा क्रमशः डा. पूर्णबहादुर चन्द र डा. गोविन्दसिंह विष्टलाई नियुक्त गरेको थियो । त्यसको विरोधमा नेविसंघले महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूलगेटमा २७ चैतमा तालाबन्दी गरेको थियो ।

नेविसंघले राम्रो काम गरिरहेका उपकुलपति र रजिस्ट्रारलाई कारबाही गरेर विश्वविद्यालयविरोधी पूर्णबहादुर चन्दलाई उपकुलपति बनाएको भन्दै विरोध गरिरहेको छ । विश्वविद्यालयमा लगाएको ताला खोल्ने छाँटकाँट देखाएको छैन । बरु, दैनिक प्रशासनिक काम सञ्चालन हुँदै आएको रजिस्ट्रारनिवासमा पनि ८ साउनदेखि नेविसंघले ताला लगाइदिएको छ । यसले विश्वविद्यालयमा समायोजन भएका १४ आंगिक क्याम्पससहित केन्द्रीय क्याम्पसको सुधार तथा भावी योजनाका लागि बस्नुपर्ने सिनेट बैठकसमेत अनिश्चित बनेको छ ।

तालाबन्दीले चालू आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम प्रभावित भएको विश्वविद्यालयका प्रमुख प्रशासक गोविन्दबल्लभ पन्तले बताए । भदौभित्रै ताला खोलेर सिनेट बैठक नबोलाए समस्या जटिल बन्ने उनको गुनासो छ । १३ साउनमा सिडिओ सुशीलकुमार वैद्यको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि रजिस्ट्रारनिवासको ताला खोल्ने सहमति गरे पनि नेविसंघले उल्लंघन गरेको उनको आरोप छ ।

‘अघिल्ला उपकुलपति र रजिस्ट्रारलाई पदीय जिम्मेवारी बहन नगर्ने पत्र सरकारबाट आएपछि दैनिक कामकाज सञ्चालनका लागि मात्रै उपकुलपतिमा चन्द र रजिस्ट्रारमा विष्टलाई निमित्त जिम्मेवारी दिइएको हो । दुई–दुई उपकुलपति र रजिस्ट्रार भएको होइन,’ प्रशासक पन्तले भने, ‘तर, नेविसंघले विरोधमा तालाबन्दी गर्दा धेरै समस्या भएको छ । केन्द्रीय कार्यालयमा लामो समयदेखि तालाबन्दी थियो, त्यहाँबाट दैनिक प्रशासनिक कामकाज नहुँदा हामीले रजिस्ट्रारनिवासबाट काम गरिरहेका थियौँ । त्यहाँ पनि तालाबन्दी गरेपछि काम ठप्प भएको छ । सिडिओको अध्यक्षतामा बसेको बैठकको निर्णय पनि नेविसंघले पालना गरेन ।’

तर, नेविसंघले भने विश्वविद्यालयले वार्ताको पहल नै नगरेको दाबी गरेको छ । वार्ताका लागि विश्वविद्यालयले औपचारिक पत्र पठाउनुपर्ने माग गरेको छ । उसले विश्वविद्यालयमा भइरहेको बेथितिविरुद्ध तालाबन्दी गरेको जनाएको छ । नेविसंघ सुदूरपश्चिम विश्वविद्यालय समन्वय समितिका संयोजक कैलाश चन्दले उपकुलपति र रजिस्ट्रार हुँदाहुँदै विश्वविद्यालयविरोधी उपकुलपति र रजिस्ट्रार नियुक्ति गरेर विवाद निम्त्याइएको बताए ।

‘हामीले विज्ञान क्याम्पससहित सबै सुपमा समायोजन हुनुपर्छ भन्दा विज्ञानका तत्कालीन क्याम्पसप्रमुख पूर्णबहादुर चन्दले विरोध गरे । अहिले विश्वविद्यालयको वागडोर उनकै हातमा सुम्पिदिए,’ विद्यार्थी नेता चन्दले भने । उपकुलपति डा. पूर्णबहादुर चन्दले भने आफू नेविसंघले आरोपित गरेजस्तो विश्वविद्यालयविरोधी नभएको बताएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।