८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्छः मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै उपयोगी ठाउँ भएकाले यहाँको विकासका लागि कृषिमा बढी लगानी गर्नुपर्ने बताए ।

उनले भने, “कृषि क्षेत्रमा मात्रै काम गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुनेछ ।” त्यस्तै मुख्यमन्त्री भट्टले कृषि कार्यालयले कृषि क्षेत्रमा काम गर्ने किसानलाई सहयोग पुग्ने हेतुले कृषि काममा बढी लगानी गर्नुपर्ने धारणा राखेका थिए ।

गोष्ठीमा सहभागी अधिकांश कृषि प्रमुखले बजेट अभावका कारण कृषि क्षेत्रमा सोचेअनुसार लगानी गर्न नसकिएको धारणा राखेका थिए ।