२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिको बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ । नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बैठक कोरम नपुगेर स्थगित भएको हो ।

मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरुको उपस्थिति नभएपछि बैठक स्थगित भएको थियो । आएका केही सांसदहरु पनि बैठक बस्ने सम्भावना नदेखेर फर्किएका थिए । बैठक स्थगित गरेपछि उपसमितिको प्रतिवेदन पनि पेश भएन् ।

उपसमिति संयोजक विजय सुब्बाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पहिले रहेका विवाद अझै यथावत रहेको बताए । नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको सवालमा नेपाली बुहारी र ज्वाईंमा समान व्यवस्था लागू गर्ने वा नगर्ने भन्ने विवाद रहि आएको छ ।