८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य पुरस्कार



अ+ अ-

काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले पाएको छ । खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा मंगलबार गरिएको हो । छुटेका अनुहारमा लेखक सायनले आफैंले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सुक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर पद्मश्री साहित्य पुरस्कार छुटेका अनुहारले र पद्मश्री साधना सम्मान इतिहासविद तथा संस्कृतज्ञ डा.महेशराज पन्तलाई दिने निर्णय भएको जानकारी गराएका हुन् । पुरस्कारको राशी जनही २ लाख रुपैयाँको रहेको छ ।

त्यस्तै डा. पन्तले पाँच दशकदेखि नेपाली इतिहास र स‌ंस्कृतिलाई लिपिवद्ध एवं जगेर्ना गर्दै आएकाले उक्त सम्मान प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । दुबै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।