८ असार २०८३, सोमबार
,
Latest
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाको खुलासा: अमेजन जङ्गलमाभन्दा बढी आगलागी अंगोला र कंगोमा



अ+ अ-

बीबीसी । अमेजनको डढेलोले अहिले विश्वभरीका मानिसको ध्यान तानेको छ । यस डढेलोलाई विश्वको अन्य भागमा भइरहेको आगलागीसँग तुलना गरेर हेर्दा अनौठो तथ्य बाहिरिएको छ ।नासाले विश्वभरी हुने आगलागीलाई नक्सामा देखाएर तस्विर प्रकाशित गर्ने गर्छ ।

आइतबार नासाले प्रकाशित गरेको विश्व डढेलो नक्सामा सबैभन्दा वृहद डढेलो केन्द्रीय अफ्रिकामा लागिरहेको देखाएको छ । अघिल्लो हप्ताका दुई दिनको अवधिमा अंगोलामा सम्पूर्ण ब्राजिलमा भन्दा तीन गुणा बढी डढेला लागेको देखिएको थियो ।

वेदर सोर्सबाट प्राप्त भएको तथ्याङ्कले अंगोलाका ६,९०२ स्थानमा आगलागी भएको देखाएको छ भने छिमेकी लोकतान्त्रिक गणतन्त्र कंगोमा ३,३९५ डढेलो देखाएको थियो । उता ब्राजिलमा भने २,१२७ आगलागी देखिएको छ ।

यो तथ्याङ्क बाहिरिएपछि ट्वीटरमा बहस नै सुरु भएको छ । मानिसहरु अफ्रिकामा भइरहेको आगलागीप्रति विश्वको ध्यान नगएकोमा चिन्तित देखिएका छन् ।।