८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक भिडियो कन्फरेन्स मार्फत गराउदा अध्यक्ष थापाको आपत्ती



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक भिडियो कन्फरेन्समार्फत भएकोमा प्रधानमन्त्री केपी शर्मा ओली सामेल भएको प्रति टिप्पणी गरेका छन् । भिडियो कन्फरेन्समार्फत आज मन्त्रिपरिषद् बैठक बसेको प्रति अध्यक्ष थापाले ट्वीटरमार्फत कडा टिप्प्णी गरेका हुन् ।

उपचारका लागि प्रधानमन्त्री ओली विदेशमा रहदा पनि यसरी बैठकमा सहभागी हुनु वा गराउनु अनाश्यक भएको उनले बताएका छन् । उनले यो कार्य वाहियात र देखावटी तामझाम भएको टिप्पणी समेत गरेका छन् ।

साथै अध्यक्ष थापाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै थापाले ‘देशमा आपतकाल र तत्काल विति हाल्ने काम नभएको बेला यस्तो कार्यमा कार्य नगर्न सुझाव दिनु पर्ने हो ‘ भनि बताएका छन् ।