८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक



अ+ अ-

काठमाडौं । उपचारको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेको बेला प्रविधिको उपयोग गर्दै पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकबारेको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु पौडेलले लेखेका छन्, ‘सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्दै ।’

बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गरेका हुन् । नेपालका लागि यो नयाँ कदम र प्रविधिको प्रयोग भएको मन्त्रीहरुले बताएका छन् ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा पनि भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस किसिमको प्रविधिको प्रयोग ल्याईएको थिएन् ।

प्रधामन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ । उनको अहिले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । (फोटोफिचर)