२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई सुरक्षा दिने प्रहरीको कार्यालयनै असुरक्षित



अ+ अ-

काठमाडौं । जनताको सुरक्षाका लागि खटिएका प्रहरी नै ललितपुरमा असुरक्षित रहेको पाइएको छ । पाटनढोका प्रहरी प्रभाग र नख्खु पुलछेउको अस्थायी प्रहरी बिटका जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको प्रहरी अधिकारी बताउँछन् ।

पाटन ढोका प्रहरी प्रभागको छानो त्रिपालको छ । वर्षा हुँदा बाल्टीमा पानी थाप्नुपर्ने अवस्था रहेको प्रहरी प्रभागका प्रमुख उमेश फुँयालले बताए । उनले भने ‘यहाँ केही वर्षदेखि जीर्ण भवनमा बस्न बाध्य छौँ । हावाहुरी, वर्षामा निकै कष्ट हुन्छ । वर्षामा बाल्टिनमा पानी थापेर बस्छौँ ।’

नख्खुको पुलमा सवारीसाधन हिँड्दा प्रहरी बिट थर्किने गरेको छ । अगाडि, पछाडि र जगसमेत चर्किएको भवनमा असइसहित सात प्रहरी बस्ने गरेका छन् । भवन कुनै पनि वेला भत्किन सक्ने एक प्रहरीले बताए ।

जीर्ण प्रहरी भवनको विषयमा सम्बन्धित निकाय जानकार भए पनि जग्गा खरिद गर्न नपाउँदा समस्या भएको नख्खुमा कार्यरत एक प्रहरीले बताए । ०७२ को भूकम्पपछि एकतले भवन जीर्ण बनेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले समस्या समाधानको प्रयासमा रहेको बताए । उनले भने ‘हामीले समस्या समाधानको प्रयास गरेका छौँ । पुल्चोकमा १३ करोडमा भवन बन्ने योजना छ । त्यस्तै, अन्य प्रहरी भवनको सम्बन्धमा आवश्यकतानुसार मर्मत–संहार गर्ने र भवन निर्माण गर्नेछौँ ।’

प्रहरी भवन प्रहरीकै विषय : जिल्ला प्रशासन
जिल्ला प्रशासन कार्यालय ललितपुरले प्रहरी कार्यालयको भौतिक पूर्वाधारको विषयमा प्रहरी परिसरकै हुने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भुसालले भने ‘प्रहरीको भौतिक पूर्वाधारको विषय जिल्ला प्रशासनभन्दा पनि प्रहरी परिसरसँग सम्बन्धित हन्छ । भौतिक पूर्वाधारको समस्या सुरक्षा समिति बैठकमा भने अवश्य राख्छौँ ।’

आश्वासन मात्रै
प्रभाग र बिटले सम्बन्धित निकायलाई भवनको अवस्था र समस्याको जानकारी गराउँदा आश्वासन पाए पनि कार्यान्वयन भने भएको छैन । पाटन प्रहरीले ललितपुर प्रहरी परिसर, पुल्चोक इन्जिनियरिङ क्याम्पस, सडक विभाग ललितपुरलगायतलाई समस्या समाधानका लागि अनुरोध गरेको छ ।

सम्बन्धित निकायले आश्वासन दिए पनि समस्या समाधान भने हुन सकेको छैन । एक व्यक्तिले प्रतिबद्धता गर्ने केही समयमा सरुवा हुने र समस्या जस्ताको तस्तै रहने गरेको छ ।’ नख्खु प्रहरी बिटले वडा कार्यालय र प्रहरी परिसरलाई समस्याबारे जानकारी गराएको छ । बिटले पनि हालसम्म आश्वासन मात्रै पाएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।