२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाका ३५ हजार विद्यार्थी टहरोमै



अ+ अ-

दोलखा । भूकम्पले भत्किएका विद्यालयका करिब ९ सय कक्षाकोठा पुनर्निर्माण नहुँदा दोलखाका ३५ हजार विद्यार्थी अस्थायी टहरोमै अध्ययन गर्न बाध्य छन्। भारत, चीन, एसियाली विकास बैंक र विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गर्ने भनिएको ९ सयभन्दा बढी कक्षाकोठा ४ वर्षदेखि पुनर्निर्माण हुन सकेको छैन।

वर्षामा विद्यालय परिसरमै हिलो तथा लेउमा चिप्लिएर घाइते हुने र हिउँदमा चिसोका कारण विद्यार्थी बिरामी हुँदा समग्र पढाइमा असर पुगेको शिक्षक तथा अभिभावकको गुनासो छ। कतिपय विद्यालयमा अस्थायी टहरोबाट पानी चुहिने भएपछि सिपोलिनले ढाकेर र घाम लागेका बेला खुला चउरमा राखेर पठनपाठन सञ्चालन गरिरहेको शिक्षक बताउँछन्।

चीन, भारत र एशियाली विकास बैंक (एडीबी) लगायत दाताका आश्वासन र सरकारको गैरजिम्मेवारका कारण जिल्लाका करिब एक सय २३ वटा विद्यालय भवन निर्माण नहुँदा ३५ हजार विद्यार्थीेको पढाइ प्रभावित हुँदासमेत सरोकारवालाले चासो दिएका छैनन्। जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) दोलखाका सूचना अधिकारी इन्जिनियर राजेन्द्र श्रेष्ठले भारत र चीन सरकारले ३ सय, एडीबीले २ सय २५ र विद्यालय व्यवस्थापन समितिले ३ सय गरी ८ सय २५ वटा कक्षाकोठा पुनर्निर्माण नै सुरु नभएको बताए।

विदेशी दाताबाट ठूला र राम्रा विद्यालय भवन बनाउने लोभले पनि पुनर्निर्माणमा ढिलाइ भएको अभिभावक बताउँछन्। पुनर्निर्माण सुरु नै नभएका विद्यालयमा जिल्लाको ठूलो, पुरानो, विद्यार्थी संख्या अत्यधिक भएका र गुणस्तरीय पढाइ हुने विद्यालय नै बढी भएको शिक्षा इकाइ कार्यालयको तथ्यांक छ।

०७२ साल मंसिरमा भारतीय सरकारले १०, चीन सरकारले ३ र एडीबीले १५ गरी २८ विद्यालय भवनमा ५ सय २५ वटा कक्षाकोठा निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए। भूकम्पले दोलखा जिल्लाको ३ हजार १ सय २३ वटा कक्षाकोठा पूर्ण क्षति गरेकोमा ०७५/७६ सम्म १ हजार ६ सय ९४ कक्षाकोठा पुनर्निर्माण सम्पन्न भएको सूचना अधिकारी इन्जिनियर श्रेष्ठले जानकारी दिए। चालु वर्ष ९ सय २६ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको उनले बताए।

भूकम्पले विद्यालय भत्काएलगत्तै भारत सरकारले कालिञ्चोक मावि चरिकोट, कालिनाग मावि सुनखानी, भीम मावि दोलखा, क्षत्रावती मावि क्षेत्रपा, कालिढुंगा मावि मिर्गे, कालापानी मावि जफे, शान्तिआदर्श मावि लादुक, मानेडाँडा मावि झ्याँकु, दुर्गा मावि मागापौवा, गुप्तेश्वर मावि मालुको विद्यालय भवन निर्माण गर्ने जिम्मा लिएको थियो।

चीन सरकारले शिक्षा विभागमार्फत भूकम्पअघि नै निर्माण गर्ने जिम्मा लिएको दोलखाको जिरी नगरपालिकास्थित जिरी माविको भवन निर्माण गरेको छैन। चीन सरकारले एक अर्ब १७ करोड रुपैयाँ लागतमा विद्यालय भवन निर्माण गर्ने जनाए पनि ५ वर्षदेखि विद्यालय भवन निर्माणमा चासो नदिएकोमा जिरी माविका प्रधानाध्यापक केशवकुमार कार्कीले दुखेसो गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।