२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाल्तु बनाइए दक्ष जनशक्ति



अ+ अ-

काठमाडौँ । किट नियन्त्रण गर्ने दक्ष जनशक्ति करिब एक वर्षदेखि जिम्मेवारीविहीन हुँदा अहिले महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रण प्रयास प्रभावित भएको हो ।

संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका क्रममा दरबन्दी कटौती गर्दा स्वास्थ्य मन्त्रालयका महत्त्वपूर्ण दरबन्दीसमेत कटौतीमा परेकाले यस्तो स्थिति आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जनाए । उनका अनुसार ‘मलेरिया इन्सपेक्टर’लाई ‘फाजिल (दरबन्दी नभएका फाल्तु कर्मचारी) मा राखिएको छ भने भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दीमा कटौती गरिएको छ ।

‘सामान्य प्रशासनले दरबन्दी कटौती गरिदिँदा स्वास्थ्य मन्त्रालयको काममा ठूलो असर परेको छ,’ श्रेष्ठले भने, ‘जबकि भेक्टर कन्ट्रोल अफिसर अझ धेरै चाहिन्छन् ।’ ‘हाम्रा साथीहरूले करिब एक वर्षदेखि किट नियन्त्रणसम्बन्धी काम गर्न पाएका छैनन्,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का भेक्टर कन्ट्रोल इन्स्पेक्टर उत्तमराज प्याकुरेलले भने, ‘अहिले हाल जिल्लामा बस्ने र तलब खाने मात्र अवस्था छ ।’

मुलुकमा हाल भेक्टर कन्ट्रोल निरीक्षक ३५ जना र मलेरिया इन्स्पेक्टर ३५ जना गरी किट नियन्त्रण गर्ने योग्य जनशक्ति ७० जना छन् । यही जनशक्ति पनि ४० जिल्लामा मात्र सीमित छ ।

‘यी जनशक्ति फाजिलमा जिल्लामा छन्, जबकि त्यहाँ काम गर्न बजेटै छैन,’ प्याकुरेलले भने, ‘बजेट गाउँपालिका र केन्द्रमा मात्र छ ।’ केन्द्रका महामारी हेर्ने दुई विशेषज्ञ र तत्कालीन ५ विकास क्षेत्रमा एकरएक गरी ५ विशेषज्ञको दरबन्दी रहेकामा अहिलेको नयाँ संरचनामा ती सबबै दरबन्दी काटिएको छ । ‘अहिले भएको किट नियन्त्रण गर्ने दक्ष जनशक्तिको संख्या तेब्बर गर्ने हो भने पनि महामारी नियन्त्रण गर्नमा त्यो कमै हुन्छ,’ प्याकुरेलले भने ।

प्याकुरेलका अनुसार यो वर्ष डेंगु संक्रमण कात्तिकसम्मै रहने सम्भावना छ । साउनयता मकवानपुरमा २८७, सुनसरीमा २४१, कास्कीमा १९२, चितवनमा १४०, झापामा १२४, मोरङमा ४५ र काठमाडौंमा १९ जनामा डेंगु भेटिएको छ । यस वर्ष वैशाखदेखि असारसम्मका ३ महिनामा सुनसरीमा मात्र ३ हजार २५ बिरामीमा डेंगु संक्रमण देखिएको थियो ।

साउनयता राजधानीमा ५९ जना बिरामीमा डेंगु भेटिएकोमा २५ जनालाई स्थानीय लामुखुट्टेले टोकेर सारेको प्याकुरेलले जनाए । ‘अन्य बाहिरबाट उपचार गर्न आएकाहरू हुन्,’ उनले भने । यो तथ्यांक प्रयोगशाला प्रमाणित हो । त्यसैले डेंगुका बिरामी यसभन्दा पनि बढी हुन सक्ने चिकित्सक बताउँछन् ।

स्वास्थ्यकर्मीसमेत डेंगु संक्रमणमा परेको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई जना हेल्थ असिस्टेन्ट र एक जना बहिरंग विभागमा कार्यरत कर्मचारीमा डेंगु संक्रमण देखिएको अस्पतालका डा. शेरबहादुर पुनले जनाए । ‘यस पटक राजधानीका सबैजसो ठाउँमा डेंगु फैलाउने लामखुट्टे सक्रिय रहेको अनुमान छ,’ उनले भने ।

डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी डेंगुका चार प्रकार हुन्छन् । यीमध्ये ‘डेन–२’ लाई सबैभन्दा कडा मानिने टेकु अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए । पछिल्लो समय बिरामीमा बढी मात्रामा डेन–२ देखिन थालेको उनले जनाए । ‘अव्यवस्थित बसोबास, कलकारखाना, खाल्डाखुल्डी, जथाभावी फ्याँकिएका टायर आदि कारणले डेंगु नियन्त्रण चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

यस वर्ष डेंगुबाट २ जनाको मृत्यु भएको छ । अर्को एक जनाको डेंगुबाटै मृत्यु भएको हो वा होइन भन्ने यकिन हुन बाँकी छ । यो रोग मानिसबाट मानिसमै सर्दैन । तर डेंगुका रोगीलाई टोकेपछि लामखुट्टे पनि संक्रमित हुन्छ । त्यसले पुनः स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । त्यसैले संक्रमितले सुत्दा झुल प्रयोग गर्नुपर्ने डा. पुनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।