२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा कब्जामा



अ+ अ-

दाङ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको ८२ बिघा जग्गा १० वर्षदेखि कब्जामा छ । मुक्त कमैया आन्दोलनका बेला क्याम्पसको जग्गा कब्जा भएको थियो । त्रिवि आंगिक क्याम्पसका नाममा करिब ९० बिघा जग्गा थियो । क्याम्पसले ८ बिघामा संरचना तयार गरेर पठनपाठन सञ्चालन गरेको छ । ८२ बिघा खेतीयोग्य जमिन, सुकुम्बासी, भूमिहीनका नाममा ‘कब्जा’ मा रहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसको जग्गामा सुकुम्बासी र मुक्त कमैयाको बस्ती विकास भएको छ ।

‘क्याम्पसले जग्गा फिर्ता गर्न प्रयास गरेको छ । तर फिर्ता हुन सकेको छैन,’ क्याम्पसका सहायक प्रमुख सुदर्शन रिजालले भने, ‘जग्गा फिर्ता गराइदिन जिल्ला प्रशासन र लमही नगरपालिकामा पत्र काटेरका छौं। क्याम्पसको ३५ बिघा जग्गामा अहिले तीन सय बढी घर निर्माण गरेर बसोबास गरिएको छ । अन्य क्षेत्रमा विभिन्न नाममा अतिक्रमण भएको छ ।

महेन्द्र क्याम्पस दाङका प्रशासकीय अधिकृत अनन्त पुनका अनुसार साबिक सोनपुर ५ टिकलीगढमा क्याम्पसको नाममा रहेको कित्ता नं. २८९ को ३५ बिघा ११ कठ्ठा १७ धुर, साबिक सतबरिया ६ रहेको कित्ता न. ४१३ को ३५ बिघा १६ कठ्ठा र सतबरिया १ गणेशपुरको कित्ता नं. ३० को १० बिघा १५ कठ्ठा १६ धुर गरी ८२ बिघा ४ कठ्ठा १३ धुर क्षेत्रफल अतिक्रमण गरी ५ सय घरटहरा निर्माण गरिएको छ । अतिक्रमणसँगै कति जग्गा त गायबसमेत पारिएको छ । ती जग्गा ०६५/६६ सालसम्म क्याम्पस आफैंले भोगचलन गरेको थियो । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।