२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वर्षको पहिलो महिनामै निक्षेप २३ अर्ब घट्यो, कर्जा ९ अर्ब बढ्यो



अ+ अ-

काठमाडौं । चालू आवमा पनि बैंकहरूमा लगानीयोग्य तरलताको अभाव हुने संकेत देखिएको छ । पछिल्ला ३–४ वर्षयता देखिँदै आएको आएको तरलता अभावको चक्र यस वर्ष पनि दोहोरिने देखिएको हो । चालू आवको पहिलो महिनामै वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा परिचालनमा असन्तुलन देखिएको छ । साउन महिनामा बैंकहरूको कर्जा प्रवाह ९ अर्बले बढ्दा निक्षेप संकलन २३ अर्ब रुपैयाँले घटेको छ । कर्जा–निक्षेप परिचालनको यो असन्तुलनले चालू आवमा पनि लगानीयोग्य तरलता अभावको चक्र दोहोरिने संकेत गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

‘राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई चालू आवका लागि निक्षेप परिचालन र कर्जा प्रवाहको वार्षिक योजना नै माग गरेका थियौँ, सोहीअनुसार सन्तुलित ढंगबाट अघि बढ्न निर्देशन पनि दिएको छ,’ उनले भने, ‘तर आर्थिक वर्षको पहिलो महिनाबाटै कर्जा र निक्षेप परिचालनमा असन्तुलन देखिएको छ, यसले अघिल्ला वर्षहरूझैँ तरलताको समस्या दोहोरिने देखिन्छ ।’ बैंकहरूले स्रोत बढाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

साउनको पहिलो सातादेखि नै निक्षेप क्रमशः घट्दै आएको छ भने कर्जा बढ्दै गएको देखिन्छ । साउन पहिलो साता कुल निक्षेप २८ खर्ब ६५ अर्ब रहेको थियो । त्यसपछि क्रमशः घटेर साउन अन्तिममा २८ खर्ब ५५ अर्बमा निक्षेप झरेको छ । त्यस्तै, साउन पहिलो साता २४ खर्ब ८५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह महिनाको अन्तिममा आइपुग्दा बढेर २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको हो ।

कर्जाको माग अधिक रहेको, तर निक्षेप परिचालन सुस्त देखिएकाले यस वर्ष पनि तरलता अभावको चक्र दोहोरिने खतरा बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । आव २०७४÷०७५ को साउनमा कर्जा प्रवाह ४ अर्बले बढेको थियो भने निक्षेप संकलन १५ अर्बले घटेको थियो । ‘गत आवको पहिलो महिनाभन्दा पनि चालू आवको पहिलो महिनामा निक्षेप संकलन र कर्जा परिचालनको असन्तुलन झन् बढेको छ,’ उनले भने, ‘खासगरी कर्जाको माग गत वर्षको झैँ उच्च रहने, तर स्रोत परिचालन आवश्यक रूपमा नबढ्ने संकेत देखिएको छ ।’ मुलुकको सोधानान्तर घाटाका कारण निक्षेप घटेको हुन सक्ने उनको अनुमान छ ।

सरकारी खर्चको प्रवृत्ति उस्तै
सरकारले खर्च बढाउन नसक्दा वित्तीय प्रणालीमा स्रोतको समस्या देखिइरहेको बैंकरहरूले दाबी गर्दै आएका छन् । चालू आवको पहिलो महिनामा पनि सरकारी खर्च सुस्त देखिएको छ । साउन महिनामा सरकारले कुल ४ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । यो चालू आवको कुल बजेटको शून्य दशमलव २७ प्रतिशत हो । संविधानअनुसार जेठमै बजेट आउने भए पनि सरकारको खर्च गर्ने प्रवृत्तिमा भने कुनै सुधार आएको देखिँदैन । जसको प्रभाव बैंकिङ तरलतामा समेत पर्ने गरेको बैंकरहरू बताउँछन् ।

निक्षेप साढे २८ खर्ब कर्जा २५ खर्ब पुग्यो
साउन महिनासम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन २८ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा ४ खर्ब रुपैयाँले बढी हो । समीक्षा अवधिसम्ममा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह २५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको साउनको तुलनामा ३ खर्ब ९२ अर्ब रुपैयाँले बढी हो ।
नयाँपत्रिकाबाट