२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ चिकित्सकले दिए सामूहिक राजीनामा



अ+ अ-

दाङ । पदाधिकारीले बारम्बार मनोबल खस्काउने कार्य गरेको भन्दै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । काम गर्ने वातावरण बनाइदिन उपकुलपतिलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ ।

‘उपकुलपतिसमक्ष हामीले काम गर्ने वातावरण मिलाइदिन पटक–पटक आग्रह गरे पनि सुनवाइ नगरी चरम मानसिक पीडाको स्थिति सिर्जना गरियो । पदाधिकारीबाट बारम्बार अनुचित बहानामा स्पष्टीकरण लिने, बर्खास्ती र धम्की दिएर मनोबल खस्काउने काम भयो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब हामी सबै चिकित्सक प्रतिष्ठानमा काम गर्न सक्दैनौँ ।’

उनीहरूले कुलपति र सहकुलपतिको कार्यालय, मेडिकल एसोसिएसन, मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालय दाङमा विज्ञप्तिको बोधार्थ पठाएका छन् ।
यसअघि बुधबार दिनभर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । मेडिकल अफिसर डा। मनोज यादवलाई उपकुलपति डा। संगीता भण्डारीले विनाकारण बर्खास्त गर्ने धम्की दिएको भन्दै चिकित्सक आन्दोलित भएका थिए ।

डा। यादवले बिरामीको ल्याब टेस्टका लागि प्रतिष्ठान बाहिर पठाएको आरोप लगाउँदै उपकुलपति संगीता भण्डारीले उनलाई अस्पताल नआउन भनेकी थिइन् । त्यसको विरोधमा बुधबार दिनभर चिकित्सकले काम बहिष्कार गरेका थिए । नयाँ पत्रिकाबाट